Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

व्यावसायिक कृषि तालिम शुरु

spot_img
spot_img

वीरगन्ज । कृषि ज्ञान केन्द्र पर्साकाे आयोजनामा मंगलबारदेखी ३ दिने युवा लक्षित शिप विकास क्षमता अभिवृद्धि व्यावसायिक च्याउ, तरकारी तथा फलफूल खेती तालिम शुरु भएको छ।

निम्न आय भएका किसानहरुलाई व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बनाउन आर्थिक स्तरमा पनि सुधार ल्याउन सकिने र विदेश पलायन हुने युवाहरुलाई स्वदेश मै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयाेजना गरिएकाे कृषि ज्ञान केन्द्र वीरगंजका नि. प्रमुख मुनिलाल प्रसादले बताए ।

३ दिन सम्म चल्ने तालिममा कृषि सम्बन्धी आवश्यक ज्ञान र सीप सिकेर त्यसलाई व्यवहारमा लागू गर्न समेत तालिमका सहभागीहरुलाई उनले आग्रह गरे । नेपालका अधिकांश नागरिक कृषिमा नै आत्मनिर्भर रहेकाले किसानलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न तालिमको आयोजना गरिएको प्रमुख मुनिलालले बताए ।

कृषि ज्ञान केन्द्रको प्रमुख मुन्नीलालकाे अध्यक्षतामा भएको कार्यक्रममा गणेश मिश्रले सहजिकरण तथा प्रशिक्षण गरिरहेका छन् । कृषी अनुसन्धान केन्द्र परवानीपुरमा सुरु भएकाे तालिममा पर्सा जिल्लाका विभिन्न पालिकाबाट किसानहरुको सहभागिता रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...