Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सुनिलका छोराद्वारा अभिनित फिल्म ‘तडप’को राम्रो शुरुवात

spot_img
spot_img

अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीले चलचित्र ‘तडप’बाट बलिउडमा डेब्यु गरे । यो चलचित्रमा उनले नायिका तारा सुतरियासँग रोमान्स गरेका छन् ।

एकातिर सुनिलको छोरा हुनु, अर्कोतिर साजिद नाडियाडवाला जस्ता सफल मेकरसँग काम गरेको हुनाले पनि अहानको डेब्युलाई लिएर सर्वत्र चासो थियो ।

‘तडप’ले बक्स अफिसमा सुखद शुरुवात गरेको बलिउड पण्डितहरुले बताएका छन् । १६ सय हलमा मात्र रिलिज भएको यो चलचित्रले शुक्रबार ४.०५ करोड भारुको व्यापार गरेको थियो ।

शनिबार चलचित्रको व्यापारमा थोरै उछाल देखिएको छ । शनिबार चलचित्रले ४.१२ करोडको व्यापार गरेको छ । दुई दिनमा ८.१७ करोडको व्यापार गरेको चलचित्रले विकेन्डमा १४ करोड माथिको व्यापार गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रले दिल्ली, उत्तर प्रदेश, गुजरात र पञ्जाबमा राम्रो कमाइ गरेको छ । यो चलचित्रलाई समीक्षकले पनि राम्रो भनेका छन् । साउथको चलचित्र ‘आर एक्स १००’को रिमेक यो चलचित्रबाट अहानले बलिउडमा बलियो सम्भावना देखाएका छन् ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...