Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

अन्तर विद्यालय फुटबलमा फत्तेपुर विजयी

spot_img
spot_img

सिमरा । ग्रास रुट फाउण्डेसनले आयोजना गरेको अन्तर विद्यालय फुटबल प्रतियोगितामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ स्थित श्री नेरामाबी फत्तेपुरले विजयी सुरुवात गरेका छ । सिमरा रंगशालामा आज भएको उद्घाटन खेलमा जीतपरसिमरा २ को सेन्ट जोन्स एकेडेमीलाई २–० ले हराएको हो ।

फत्तेपुरको जीतमा आदेश चौधरी र अनिश चौधरीले १–१ गोल गरे । ७० मिनेट निर्धारण गरिएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

सेन्ट जोन्सलाई सुरुवाती समयदेखी नै दवावमा राखेको फत्तेपुरले गोलका लागि भने ५४औँ मिनिेटसम्म संघर्ष गर्नुप¥यो । ५४औँ मिनेटमा फत्तेपुरका आदेश चौधरीले टिमलाई अग्रता दिलाएका थिए । लगत्तै ६५ मिनेटमा अनिश चौधरीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । अनिशको गोल नै फत्तेपुरको जितका लागि निर्णयक बन्यो ।

शरिरिक हिसाबले समेत फत्तेपुरसँग कमजोर देखिएको सेन्ट जोन्स हारसँगै प्रतियोगिताबाटै बाहिरिएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फत्तेपुरका आशिक राय म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार २ खेल हुनेछन् । १२ः३० मा हुने पहिलो खेलमा एक्स सर्भिसमेन एकेडेमी र नेरामाबी औराहा भिड्नेछन् भने दिउसो २ः३० बजे लोटस एकेडेमी र सेन्ट अल्फोन्साज ईङ्लीस स्कुलबिच दोस्रो खेल हुने प्रतियोगिताका संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...