Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रथम रोट्रयाक्ट म्याराथन दौड प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । स्वास्थ्य र कल्याण” भन्ने मुल नाराका साथ वीरगंजमा शनिबार  पुरुष तथा महिला खुल्ला प्रथम रोट्रयाक्ट म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । 

रोटरी क्लब अफ वीरगंज मेट्रोपालिस र रोट्रयाक्ट क्लब अफ वीरगंज मेटरोपालिसको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष तर्फ प्रथम राजिव प्रसाद यादव, दोस्रो अमन साह गोढ र तेस्रो सतरोहन पटेल भएका छन । 

यस्तै, महिला तर्फ प्रथम प्रिति पटेल, दोस्रो कुषुम खातुन र तेस्रो अंजलि यादव भएको रोट्रयाक्ट क्लब अफ वीरगंज मेटरोपालिसका सचिव दिपु वर्णवालले जानकारी दिए । 

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५ हजार, ३ हजार ५ सय र २ हजार ५ सय नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । 

वीरगंजको ठाकुरराम क्यामपसबाट सुरु भएको म्याराथन आदर्शनगर, माइस्थान, घण्टाघर, भारतिय राज दुतावास हुदै पुनः ठाकुर राममै पुगि सम्पन भएको थियो । 

रोट्रयाक्ट क्लब अफ वीरगंज मेटरोपालिसका अध्यक्ष आलोक रन्जन कर्णको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...