Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

जसपाले सांसद यादवलाई केन्द्रिय सदस्यबाट हटायो

spot_img
spot_img

वीरगंज ।  जनता समाजवादी पार्टीले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाएको छ। पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै यादवलाई कारबाही गरिएको केन्द्रीय सदस्य प्रमोद साहले बताए। 

काठमाडौंमा सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई कमिटीबाट निष्कासन गरेको उनले बताए। जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पार्टीलाई बुझाइसकेका छन् । 

मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीविरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको थियो । सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो । गठबन्धन सरकारको मन्त्रीमण्डल विस्तारमा जसपाबाट मन्त्रीमा समावेश नगरेपछि यादवले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...