Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

जसपाले सांसद यादवलाई केन्द्रिय सदस्यबाट हटायो

spot_img
spot_img

वीरगंज ।  जनता समाजवादी पार्टीले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाएको छ। पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै यादवलाई कारबाही गरिएको केन्द्रीय सदस्य प्रमोद साहले बताए। 

काठमाडौंमा सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवलाई कमिटीबाट निष्कासन गरेको उनले बताए। जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पार्टीलाई बुझाइसकेका छन् । 

मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीविरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको थियो । सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो । गठबन्धन सरकारको मन्त्रीमण्डल विस्तारमा जसपाबाट मन्त्रीमा समावेश नगरेपछि यादवले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...