Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई कपिलका गार्ड नै चिन्न सकेनन्, रुष्ट मन्त्री सुटिङ नगरी फर्किइन्

spot_img
spot_img

ऐजेन्सी । किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई सेटका गार्ड नै चिन्न सकेनन् र सेटमा जान रोके । रिसाएकी मन्त्री सुटिङ नगरीकनै फर्किइन् । उनी यो शोमार्फत् आफ्नो किताबबारे कुरा गर्ने तयारीमा थिइन् ।

जब कपिल र उनको प्रोडक्सनका टीमलाई यो कुरा थाहा भयो तब हल्लाखल्ला मच्चियो । त्यसपछि प्रोडक्सन टीमले स्मृति इरानीसँग कुरा गर्न असाध्यै धेरै कोसिस गर्यो तर अन्ततः सुटिङ नै रद्द गर्नुपर्यो । त्यसपछि ठूलो संख्यामा प्रहरी बल त्यहाँ  पुग्यो र कपिलको प्रोडक्सन टीमबाट निकै बेरसम्म कुराकानी चल्यो । जब कुरा हुन सकेन, तब प्रोडक्सन टीमले सेटसँग सम्बन्धित मानिसलाई घर जान भने ।

स्रोतका अनुसार केन्द्रीय मन्त्री उनका ड्राइभर र दुई जनाको समूहमा शोको सुटिङका लागि बेलुकी कपिल शर्माको सेटमा पुगेकी थिइन् । प्रवेश द्वारमा त्यहाँका सुरक्षाकर्मी अन्नाले उनलाई पहिचान गर्न सकेनन् र उनलाई प्रवेश गर्न दिएनन् । स्मृतिले ती सुरक्षाकर्मीलाई आफूलाई सेटमा एपिसोडको सुटिङका लागि निम्तो दिइएको बताइन् । यसबारे सुरक्षाकर्मीले भने, ‘हामीले कुनै आदेश पाएका छैनौं । माफ गर्नुहोस् म्याडम, तपाईं भित्र जान पाउनुहुन्नँ ।’

जोमेटोको डेलिभरी गर्ने व्यक्ति कुनै रोकटोक बिना भित्र गएः

स्मृति निकै बेरसम्म सुरक्षाकर्मीलाई सम्झाउने कोसिस गर्छिन् तर उनी कसैगरी मानेनन् । त्यति नै बेला जोमेटोका खाना लिएर एक व्यक्ति आए । सुरक्षाकर्मीले उनलाई केही सोधपुछ बिना नै जान दिए । यसबारे केन्द्रीय मन्त्री असाध्यै रिसाइन् । जानकारीका अनुसार उनले निर्माताको समूह र कपिल शर्मालाई पनि फोन गरे तर कुरा हुन सकेन । अन्ततः रिसाएर स्मृति इरानी सुटिङ नगरिकनै फिर्ता भइन् ।

मन्त्रीलाई रोकेको थाहा हुने बित्तिकै गार्डले फोन बन्द गरेः

भारतीय सञ्चार माध्यमका अनुसार जब सुरक्षाकर्मीलाई आफूले मन्त्रीलाई नै रोकेको भन्ने थाहा भयो तब उनी त्यहाँबाट भागे । उनले आफ्नो फोन पनि बन्द गरेका छन् । यता निर्माण पक्षले लगातार कोसिसपश्चात् पनि स्मृति इरानीलाई सुटिङमा फर्कन आग्रह गरेपनि उनी मानिनन् ।

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...