Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

रौतहटमा माहुरीको आतंक, १ दर्जन भन्दा बढि मानिस घाइते

spot_img
spot_img

‍‍वीरगंज ।  रौतहटको कटहरियामा माहुरीको टोकाइबाट महिला बालबालिका सहित करीब एकदर्जन मानिस घाइते भएका छन्।
त्यस नगरकक्षेत्र भित्र माहुरीको टोकाईबाट कटहरिया ५ का युवाहरु राकेश गिरि, नवल साह, सोनालाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साह, तीन जना बालबालिका, एकजना महिला लगायत १ दर्जन बढी मानिस घाइते भएको स्थानियले जनाएका छन ।

घाइते मध्ये केहिको  अवस्थामा गम्भीर रहेकोले तिनका उपचार प्राथमिक स्वास्थ केन्द्र कटहरिया र केहिको निजि अस्पतालमा  भइरहेको पीडित मध्येका राकेश गिरिले बताएका छन ।

कटहरिया ५ स्थित कटहरिया एफएमको पुर्वपटी एउटा गोठमा ती युवाहरु तास खेलिरहेका बेला , गोठको पुर्वपटी सिमलको रुखमा रहेको माहुरिको घारमा उडिरहेको एउटा चराले ठोकिएपछी आक्रोशित  माहुरीहरुले एकैपटक हजारौंको संख्यामा उनिहरुमाथी आक्रमण गरेको थियो ।

 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...