Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

रौतहटमा माहुरीको आतंक, १ दर्जन भन्दा बढि मानिस घाइते

spot_img
spot_img

‍‍वीरगंज ।  रौतहटको कटहरियामा माहुरीको टोकाइबाट महिला बालबालिका सहित करीब एकदर्जन मानिस घाइते भएका छन्।
त्यस नगरकक्षेत्र भित्र माहुरीको टोकाईबाट कटहरिया ५ का युवाहरु राकेश गिरि, नवल साह, सोनालाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साह, तीन जना बालबालिका, एकजना महिला लगायत १ दर्जन बढी मानिस घाइते भएको स्थानियले जनाएका छन ।

घाइते मध्ये केहिको  अवस्थामा गम्भीर रहेकोले तिनका उपचार प्राथमिक स्वास्थ केन्द्र कटहरिया र केहिको निजि अस्पतालमा  भइरहेको पीडित मध्येका राकेश गिरिले बताएका छन ।

कटहरिया ५ स्थित कटहरिया एफएमको पुर्वपटी एउटा गोठमा ती युवाहरु तास खेलिरहेका बेला , गोठको पुर्वपटी सिमलको रुखमा रहेको माहुरिको घारमा उडिरहेको एउटा चराले ठोकिएपछी आक्रोशित  माहुरीहरुले एकैपटक हजारौंको संख्यामा उनिहरुमाथी आक्रमण गरेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...