Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

आमिर खानको लाल सिंह चड्ढा , यशको KGF 2 सँग भिड्ने

spot_img
spot_img

आमिर खान प्रोडक्सन तथा वायकम-१८ स्टुडियोले शनिवार ‘लाल सिंह चड्ढा’ को एक रोमान्टिक पोस्टर सार्वजनिक गर्दै २०२२ को अप्रिल १४ लाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो चलचित्र भ्यालेन्टाइन डेको अवसर पारेर ११ फेब्रअरीमा प्रदर्शनमा आउने तयारीमा थियो । सार्वजनिक पोस्टरमा आमिर खान र करीना कपूरलाई देख्न सकिन्छ ।

‘लाल सिंह चड्ढा’ हलिउड स्टार टम ह्याक्सको हलिउड चलचित्र ‘फरेस्ट गुम्पस’को हिन्दी रिमेक हो । यो चलचित्रले अस्कार अवार्ड समेत जितेको थियो । चलचित्रको कथा १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरूको कहानीमा आधारित रहेको छ ।

चलचित्रमा अभिनेत्री करीना कपुरले आमिरको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । आमिर खान प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई आमिरकी पत्नी किरण रावले निर्माण र अद्धैत चन्दनले निर्देशन गरेका हुन् । चलचित्रमा प्रीतमको संगीत छ भने अमिताम भट्टाचार्यले गीत लेखेका छन् ।

कोराना महामारीले झण्डै दुई वर्ष ठप्प बनेको चलचित्र क्षेत्र ‘सूर्यवंशी’को प्रदर्शनसँगै चलायमान हुन थालेसंगै आउँदो वर्ष २०२२ मा भारतका दुई ठूला चलचित्र एकै मितिमा भिड्ने भएका छन् । २०२२ को अप्रिल १४ (नेपाली नयाँ वर्ष बैशाख १) मा बलिउडको बहुप्रतिक्षीत चलचित्र ‘लाल सिंह चड्ढा’ र साउथको ‘केजीएफ २’ बक्सअफिसमा एकअर्कासँग भिड्न लागेका हुन् । ट्रेड एनालिस्ट तरण आदर्शले यी दुई चलचित्रको भिडन्त २०२२ को सबैभन्दा ठूलो हुने सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...