Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, प्रदिप यादवमाथि कारबाहीबारे टुङ्गो लगाइने

spot_img
spot_img

वीरगंज ।  जनता समाजवादी पार्टी नेपालको आज कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठकमा पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा छलफल हुने बताइएको छ ।

कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार सांसद यादवले दिएको जवाफको बारेमा पार्टीमा छलफल भइरहेको र आज बस्ने बैठकले त्यसलाई टुङ्गो लगाउने बताए । उनले भने, ‘प्रदीपजीले स्पष्टीकरण बुझाइसक्नु भएको छ, यसबारे आज टुङ्गो लगाइनेछ ।’

जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पार्टीलाई बुझाइसकेका छन् । मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीविरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको छ । सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो ।

स्रोतका अनुसार जवाफमा यादवले आफूमाथि लगाइएका सबै आरोपहरु अस्वीकार गरेका छन् । यादवले आफू कुनै पनि आन्दोलन नगराएको तथा पार्टीको पद्धति र प्रक्रियामा रहेर काम गरिरहेको दाबी गरेका छन् ।

पार्टीका अन्य कुनै पनि नेता तथा कार्यकर्ताले कसैको नाम लिएर आन्दोलन गरे त्यसको जिम्मेवार आफू नहुने पनि उनले जवाफमा लेखेका छन्  ।

पार्टीको अनुशासनविपरित आफूले कुनै पनि कार्य नगरेको, पार्टी कार्यालय तोडफोड, पार्टी अध्यक्षको पुतला जलाउने लगायतका कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको पनि यादवले दाबी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...