Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, प्रदिप यादवमाथि कारबाहीबारे टुङ्गो लगाइने

spot_img
spot_img

वीरगंज ।  जनता समाजवादी पार्टी नेपालको आज कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठकमा पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा छलफल हुने बताइएको छ ।

कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार सांसद यादवले दिएको जवाफको बारेमा पार्टीमा छलफल भइरहेको र आज बस्ने बैठकले त्यसलाई टुङ्गो लगाउने बताए । उनले भने, ‘प्रदीपजीले स्पष्टीकरण बुझाइसक्नु भएको छ, यसबारे आज टुङ्गो लगाइनेछ ।’

जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पार्टीलाई बुझाइसकेका छन् । मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीविरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको छ । सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो ।

स्रोतका अनुसार जवाफमा यादवले आफूमाथि लगाइएका सबै आरोपहरु अस्वीकार गरेका छन् । यादवले आफू कुनै पनि आन्दोलन नगराएको तथा पार्टीको पद्धति र प्रक्रियामा रहेर काम गरिरहेको दाबी गरेका छन् ।

पार्टीका अन्य कुनै पनि नेता तथा कार्यकर्ताले कसैको नाम लिएर आन्दोलन गरे त्यसको जिम्मेवार आफू नहुने पनि उनले जवाफमा लेखेका छन्  ।

पार्टीको अनुशासनविपरित आफूले कुनै पनि कार्य नगरेको, पार्टी कार्यालय तोडफोड, पार्टी अध्यक्षको पुतला जलाउने लगायतका कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको पनि यादवले दाबी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...