Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

‘चपली हाइट- ३’ को ट्रेलर सार्वजनिक

spot_img
spot_img

अर्जुनकुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार दरबारमार्गको राइजिङ मल स्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३६ सेकेण्डको अवधिको ट्रेलरमा फिल्मको केही  महत्वपूर्ण अंश समेटिएको छ । सस्पेन्स र थ्रीलर शैलीमा ट्रेलर तयार गरिएको छ । 

स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय फिल्ममा छ । आगामी पुस २ गतेबाट प्रदर्शन मिति तोकिएको फिल्मका कार्यकारी निर्माता नरेन्द्र महर्जन र हेमन्त धामी हुन् ।

आकाश बरालको कथा तथा सम्वाद रहेको फिल्ममा डिपी खनालको शब्द, सुभाष भुषाल र अर्जुनकुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व छ । दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्म क्राइम–थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन् ।

स्वस्तिमा खड्काले पहिलो पटक आफूले फरक जनराको फिल्ममा काम गरेकाले नयाँ अनुभूति भएको बताइन् । दर्शकले फिल्म रुचाउने उनको भनाई रहेको थियो । कार्यक्रममा निर्माता अर्जुनकुमार,अभिनेत्री सुपुष्पा भट्ट, निर्देशक निकेश लगायतले फिल्मको बिषयमा धारणा राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर संकलन गरिने

वीरगंज । वीरगंज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर संकलन गर्ने व्यवस्था लागू गरेको छ । महानगरपालिकाले जारी...

गहवामाई मन्दिर परिसरबाट ‘देश मधेश’ साप्ताहिकको विमोचन

वीरगंज । वीरगंजबाट प्रकाशन सुरु भएको ‘देश मधेश’ साप्ताहिक पत्रिकाको शुक्रबार एक समारोहबीच औपचारिक विमोचन गरिएको छ । गहवामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा ज्योतिष सम्राट...

स्थानीय तह र विद्यालयबीच अनुभव तथा सिकाइ आदान–प्रदान

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–३ स्थित कृषि तथा पशुपन्छी भवनमा स्थानीय तह र विद्यालयबीच अनुभव तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल अपाङ्ग...