Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

चुनाव जुन सुकै बेला पनि हुन सक्छ, तयारीमा लाग्नुस् : उपेन्द्र यादव

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको तयारी शुरु गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । वीरगंजको नगर सभा गृहमा आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावकाे तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘चुनाव जुन सुकै बेला पनि हुन सक्छ, राजनीतिक सहमति भयो भने चाडै चुनाव घाेषणा हुन सक्छ, त्यही भएर तपाईहरु अहिलेदेखि नै चुनावको तयारीमा लागि हाल्नुस् ।’

कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले पार्टीलाई पटकपटक प्रहार गर्नेहरू आफैँ ध्वस्त भएको बताए । केही समय पहिले यही पार्टीका नेतालाई उचालेर ध्वस्त पार्न खोज्ने केपी शर्मा ओलीसहितका अवसरवादी आफैँ  ध्वस्त भएको बताए । 

जसपा पर्साले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले जनता समाजवादी पार्टीलाई सहिदहरूले बलिदानी दिएर बनाएकाले यो पार्टी यतिकै नसकिने दाबी गरे । 

व्यक्तिगत स्वार्थले पार्टी निर्माण नभएकाले अगामी निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउन संगठन विस्तार गरिने उनको भनाइ छ । उनले जनता समाजवादी पार्टीको झन्डा साधारण कपडा नभएको र यो सहिदको सपनाले बनेकोले यसलाई कमजोर नबुझ्न चेतावनी दिए । 

उनले  कात्तिकदेखि माघ सम्म चार महिनामा पार्टी भित्रको विकृतिहरु हटाउन पार्टीले सुद्धिकरण अभियान पनि चलाउने जानकारी गराउँदै वडास्तरदेखि कार्यकर्ताहरुको प्रशिक्षण, सुद्धिकरण तथा अगामि चुनावमा कस्ता उम्मेदावारलाई जनप्रतिनिधिको रुपमा अघि सार्ने हो, त्यस बारेमा पनि जिल्ला तहका नेताहरुले तयारी अगाडि बढाउनु पर्ने सुझाव दिए ।

उनले संघीयता आइसकेपछि व्यवस्था बदलेको तर समाजको मानसिकता र नेताहरुको चिन्तन नबदलेको कारण समाज परिवर्तनको लागि सबैभन्दा पहिले राजनीतिक, आर्थिक र समाजिक सोच बदलु पर्ने आवश्यक रहेको औल्याए ।‘

उनले राजनीतिक परिवर्तनको लागि पार्टीलाई भोट पाउने समानुपातिक निर्वाचन प्राणाली र जनताद्वारा निर्वाचित राष्ट्रपतिको निर्वाचन प्रणाली बेगर देश विकसित नहुने उनले बताए । जनताले चुनन पाउने कार्यकारी राष्ट्रपति आए भने चुनावमा नेताले खर्च गर्ने बाटो बन्द हुन्छ, विशुद्ध राजनीतिकर्मीले स्थान पाउँछन्, उनले भने, ‘अहिलेदेखि नै मलाई फोन आउन शुरु भइसकेको, पैसा जम्मा पारिसके चुनावमा टिकट चाहियो नेताजी भनेर ।’

आर्थिक विकासको ऐजेन्डामा उनले नेपालको पानीलाई उपयोग गरी देशमा कृषिलाइृ आधुनिकरण र औद्योगिक गरी गरिबी, बेरोजगारी अन्त्य गर्न पनि सरकार अग्रसर हुनु पर्नेमा उनले जोड दिए । नेपाल एउटा दरिद्र देश हो, तर पनि महगो अर्थात मिश्रित निर्वाचन प्रणाली लागु छ, यसले समाजमा पैसावालाहरुलाई नेता बनाइरहेको र अन्यलाई पाखा लगाइरहेको छ ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै वर्ग, क्षेत्र, समुदाय र लिंगलाई समेट्ने पार्टीको रूपमा जसपा नै रहेको बताए। देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन्।

उनले जनता समाजवादी पार्टीप्रति दिनदिनै लहर बढ्दै आएकाले आउने दिनमा जिल्लामा पार्टीको झन् राम्रो नतिजा आउने दाबी गरे। 

जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा भएकाे कार्यक्रममा पर्साका निलम्बित सांसद हरिनारायण रौनियार, बाराका सांसद रामबाबु यादव, प्रदेश सांसद करिमा बेगम, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।

कार्यक्रममा पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवकाे उपस्थिती थिएन । पार्टीले मन्त्री नबनाएपछि असन्तुष्ट भएका सांसद यादवसंग पार्टीले स्पष्टिकरण साेधे पछि थप असन्तुष्ट भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै...

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...