Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

राउण्ड टेबलद्वारा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु

spot_img
spot_img

वीरगंज । राउण्ड टेबल नेपालको अधीनमा रहेको वीरगञ्ज फ्रेण्डस् राउण्ड टेबल ८ को आयोजनामा रौतहट जिल्लास्थित इस्नाथ नगरपालिकाको डुमरियामा आयोजित दुई दिने नि:शुल्क स्वास्थ्य शिविर शुक्रबारदेखी सुरु भएकाे छ ।

ग्रामिण भेगका जनतालाई सुलभ र सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएकाे नि:शुल्क स्वास्थ्य शिविरको पहिलो दिन शुक्रबार ५ सय जना भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

इस्नाथ नगरपालिकाका नगर प्रमुख सन्तोष महेताको विशेष पहलमा डूमारिया हेल्थ पोस्टमा आयोजित शिविरमा वीरगञ्जबाट आएका विभिन्न रोगका विषेशज्ञहरुले विरामीहरुलाई परामर्श दिनुका साथै नि:शुल्क औषधीसमेत वितरण गरेका थिए ।

शिविरमा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दास, नारायणी वयोधा अस्पतालकी प्रसूति विभाग प्रमुख सविना रेग्मी, नारायणी आई सेन्टरका राजेश यादव, प्रभात चौरसिया लागायातले विरामीहरुलाई परामर्श दिएको वीरगञ्ज फ्रेण्ड राउण्ड टेबल ८ का अध्यक्ष दिपल खन्नाले बताए ।

अध्यक्ष खन्नाका अनुसार स्वास्थ्य शिविर शनिवार पनि जारी रहने छ । शनिबारको शिविरमा थप ३ विषयका विषेशज्ञ चिकित्सकहरु आउने भएका छन् । शनिवारको शिविरमा नारायणी अस्पतालका बाल रोग विशेषज्ञ डा. नवीन झा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादव, नेत्र रोग विशेषज्ञ डा. वि. डी. चौरसिया आउने लागेका हुन् ।

शिविरमा भोलि आँखामा समस्या भएका रोगीहरुलाई नि:शुल्क चस्मा वितरण कार्यक्रम रहेको खन्नाले जानकारी दिए । स्वास्थ्य शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शेख इसराजुल, हेल्थ पोष्ट इन्चार्ज विजय यादव, स्वास्थ्यकर्मी अरुण महेता, धुर्व श्रीवास्तव, सुनिल साह, विवेक गुप्ता, प्रीति साह, समाजसेवी सुधाकर महेता, मनोज महेता लगायतले सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...