Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

बारामा प्रहरी दिवसकाे अवसरमा ६५ जनाद्वारा रक्तदान

spot_img
spot_img

कलैया । बाराकाे कलैयामा ६६ औ प्रहरी दिवसकाे अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

विश्व हिन्दु युवा संघ र सकारात्मक यूथ साेसाईटी कलैयाकाे आयाेजनामा भएकाे कार्यक्रममा २ महिलासहित ६५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए ।

कलैयास्थित भरत चाैकमा भएकाे कार्यक्रममा सुस्मिता पाैडेल, महमद सिकिन्द्र अन्सारी, कृय्ष्ण बहादुर बुद्ध, प्रमाेद दहाल, ओमप्रकाश गुप्ता, दिली मायाँ कार्की, राजेश साह, कमलेश साह, अनिल कुमार यादव, दिपक यादव, साविर अन्सारी लगायतकाले रक्तदान गरेकाे प्रमुख पाण्डेले जानकारी दिए ।

विश्व हिन्दु युवा संघका अध्यक्ष सागर पटेलकाे अध्यक्षता र कलैय उपमहानगरपालिकाका मेयर राजेश राय यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साही ठकुरी, सशस्त्र प्रहरी उपरिक्षक रविन राज कर्णजित लगतयतकाकाे उपस्थिती रहेकाे थियाे ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...