Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बारामा प्रहरी दिवसकाे अवसरमा ६५ जनाद्वारा रक्तदान

spot_img
spot_img

कलैया । बाराकाे कलैयामा ६६ औ प्रहरी दिवसकाे अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

विश्व हिन्दु युवा संघ र सकारात्मक यूथ साेसाईटी कलैयाकाे आयाेजनामा भएकाे कार्यक्रममा २ महिलासहित ६५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए ।

कलैयास्थित भरत चाैकमा भएकाे कार्यक्रममा सुस्मिता पाैडेल, महमद सिकिन्द्र अन्सारी, कृय्ष्ण बहादुर बुद्ध, प्रमाेद दहाल, ओमप्रकाश गुप्ता, दिली मायाँ कार्की, राजेश साह, कमलेश साह, अनिल कुमार यादव, दिपक यादव, साविर अन्सारी लगायतकाले रक्तदान गरेकाे प्रमुख पाण्डेले जानकारी दिए ।

विश्व हिन्दु युवा संघका अध्यक्ष सागर पटेलकाे अध्यक्षता र कलैय उपमहानगरपालिकाका मेयर राजेश राय यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साही ठकुरी, सशस्त्र प्रहरी उपरिक्षक रविन राज कर्णजित लगतयतकाकाे उपस्थिती रहेकाे थियाे ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...