Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पर्सामा अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस मनाइयाे

spot_img
spot_img

वीरगंज । पर्सामा अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. २ लक्षमिपुरस्थित रहेकाे श्री नेरा प्राविमा कलर छनाैट र चित्र छनाैट प्रतियाेगिताकाे आयाेजना गरी दिवस मनाइएकाे हाे ।

दिव्य युवा क्लब र भिएसाे नेपालकाे सांझेदारीमा संचालित किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत भएकाे प्रतियाेगितामा ११ जना बहिरा बालबालिकाहरुले भाग लिएका थिए ।

कलर छनाैट प्रतियाेगितामा मुस्कान खातुन प्रथम, प्रियाँका कुमारी पटेल दाेस्राे र पुजा कुमारी तृतिय भएकाे किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रमकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए ।

यस्तै, कलर छनाैट प्रतियाेगितामा पनि क्रमश पहिलाे, दाेस्राे र तेस्राे उनीहरु नै भएकाे परियाेजना संयाेजक ठकुरीले जानकारी गराए ।प्रतियाेगितामा सहभागि सबै जनालाई पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...