Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

किशोरी सशक्तिकरण परियाेजनाकाे जिल्ला स्तरिय सल्लाहकार बैठक सम्पन्न

spot_img
spot_img
वीरगंज । पर्सामा संचालित किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमको जिल्ला स्तरीय सल्लाहकार बैठक सम्पन्न भएको छ ।
भिएसाे नेपाल र  दिव्य युवा क्लबको साझेदारीमा  जगरनाथपुर र धाेबिनी गाउँपालिकामा संचालित कार्यक्रमकाे बैठक सम्पन्न भएकाे हाे ।
 
वीरगंजस्थित हाेटल भिस्वामा भएकाे बैठकमा परियाेजना संयाेजक गणेश ठकुरीले आर्थिक बर्ष २०७७/०७८ काे प्रगती प्रतिवेदन र आर्थिक बर्ष २०७८/०७९ काे संक्षिप्त कार्य याेजना प्रस्तुत गरेका थिए ।
 
प्रस्तुतीकाे क्रममा उनले सिमान्तकृत तथा अपाङ्गता भएका किशोरिहरुलाई शिक्षामा पहँच बढाउन र सशक्तिकरण गर्ने परियाेजनाकाे लक्षय रहेकाे वताए ।
 
यस्तै, विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरिहरुकोे अभिभावकद्वारा उनीहरुको शिक्षाका लागि गरिने सहयोग बृद्धि गर्ने, औपचारिक र अनौपचारिक कक्षामा उपस्थिति बढाउने, शिक्षकहरुको शिक्षण गुणस्तर सुधार्ने र सिकाइ केन्द्रहरुमा समाबेशी शिक्षाका अभ्यासहरु सुधार्ने परियाेजनाकाे उदेश्य रहेकाे संयाेजक ठकुरीले वताए ।
 
दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरको अध्यक्षता एवम् बीरगन्ज महागरपालिकाकी उपमेयर शान्ति कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय एकाई पर्साका प्रमुख फतबहादुर श्रेष्ठ, वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, भिसओ नेपालकी जिल्ला कार्यक्रम अधिकृत
देवी न्यौपाने, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, समाजिक अभियन्ता प्रकाश थारु, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका महासचिव रामप्रवेश साह लगयातकाले सल्लाह सुझावसहितकाे मन्तव्य राखेका थिए ।
 
कार्यक्रममा स्वागत मन्तव्य दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...