Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

चलचित्र पत्रकार संघ पर्साले अन्तरक्रिया कार्यक्रम गर्ने

spot_img
spot_img

वीरगञ्ज ।  राष्ट्रिय चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखाको बैठक आइतवार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा संघकी पर्सा शाखा अध्यक्ष निलिमा पौडेलको अध्यक्षतामा बसेको बैठकले संघका गतिविधिलाई चलायमान बनाउने निर्णय गरेको छ ।

संघ गठन भएपश्चात कोरोना भाइरसको महामारीका कारण गर्न नसकिएका विभिन्न कार्यक्रमहरुलाई अब निरन्तरता दिने निर्णय भएको संघका उपाध्यक्ष विवेक कर्णले जानकारी दिए । उपाध्यक्ष कर्णका अनुसार आजको बैठकले यही असोज महिनामा वीरगञ्जमा सञ्चालित हलका सञ्चालक, वीरगञ्जका चलचित्र निर्माता, कलाकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

वीरगञ्जमा चलचित्रको विगत, वर्तमान र भविष्यको बारेमा समिक्षा गर्ने चलचित्रको क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्दै अवसरको सदुपयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको संघका सचिव सूर्यनारायण वि.क.ले बताए ।

त्यसैगरी बैठकले संघको सदस्यता शूल्क संकलन गर्नुका साथै बैंक खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ । बैठकमा कोषाध्यक्ष समिना रञ्जितकार, सदस्यहरु शम्भु कुमार सुमन, रन्जित यादव लगायतको उपस्थिती रहेको संघका सचिव वि.क.ले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...