Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पोखरियाको रानीगंज आयुर्वेद संस्थामा लापरवाही

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकाको आयुर्वेद स्वास्थ्य संस्थामा सेवाग्राहीले सेवा नपाएको व्यापक जन गुनासो आईरहेको छ । जिल्लाकै सबैभन्दा पुरानो आयुर्वेद स्वास्थ्य संस्थामा रानीगंज आयुर्वेद संस्था पर्दछ ।

कुनै समय सेवाग्राहीको व्यापक भिड लाग्ने रानीगंज आयुर्वेद स्वास्थ्य संस्था अहिले भूत बंगलाजस्तै बनेको छ । क्यौं पटक सेवा लिन गएका स्थानीय त्यहाँ प्राविधिक कर्मचारी नभेटिने र कार्यालय सहयोगी मात्र भेटिने गुनासो गर्दछन् । नेपाल सरकारले तोकेका सेवासमेत त्यस संस्थाबाट प्रवाह नहुने गरेको जनगुनासो छ । संस्था प्रमुख रामेश्वर साह र प्राविधिक ब्रजेश झा त्यस संस्थामा कार्यरत रहेपनि हप्तामा एक÷दुई दिन मात्र आउने स्थानीय बताउँछन् ।

यस विषयमा पोखरिया नगरपालिकामा सम्पर्क गर्दा आयुर्वेद शाखा हेर्ने राबिन्द्र कुमार यादवले आफू बैरिया विर्ता आयुर्वेद संस्था हेर्ने र यहाँ जनतालाई जिल्लाभरीकै संस्था मध्ये प्रभावकारी रुपमा सेवा प्रवाह गरेको बताउँछन् । पर्सा जिल्ला भित्र रहेको संस्थामध्ये बैरिया बिर्ता आयुर्वेद संस्था सेवा प्रवाहमा अग्रपंक्तिमा रहेको दाबी गर्दै यादवले रानीगंज संस्थाबारे कमीकमजोरी रहेको स्वीकार्छन् ।

आफूले रानीगंज संस्थामा सेवा प्रवाह नगर्ने र त्यहाँका कर्मचारीलाई कारबाही समेत गर्न नमिल्ने बताउँदै यादवले यो विषयमा नगरपालिकाले नै निगरानी गर्नु पर्ने बताए । उनले रानीगंजका स्थानीय समेत बैरियाको संस्थामा सेवा लिन आउन गरेको बताए ।
यस विषयमा रानीगंजका संस्था प्रमुखलाई रामिश्वर साहसंग फोन सम्पर्क गर्न खोज्दा मोबाईल स्वीच अफ रहेको पाईयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...