Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कृष्ण जन्माष्टमीकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । गोपाल सेवा समिति पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। श्री कृष्णको ५२४८ औ जन्मोत्सवको अवसरमा भएकाे कार्यक्रममा ३ महिलासहित २३ जनाले रक्तदान गरेका छन् ।

गोपाल सेवा समिति पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमको उद्घाटन रक्तदान गरी युवा नेता अमित यादवले गरेका थिए । 

वीरगंजकाे राधेमाईस्थित गोपाल सेवा समितीद्वारा आयोजित श्री कृष्णा जन्मोत्सव पुजा स्थलमा भएकाे कार्यक्रममा सुमन यादव, पक्राश कुमार साह, रबिन्द्र कुमार यादव, राजेश यादव, अरबिन्द यादव, पुनम यादव, विकास माली, सुनिल यादव, राजेश यादव, सुजित यादव लगायतकाले रक्तदान गरेकाे कृष्णा यादवले वताए ।

युवा गोपाल सेव समिति पर्साका अध्यक्ष कृष्ण यादवले स्वागत एवम् क्षेत्रीय सचिव हरि यादवले संचालन गरेकाे कार्यक्रममा गोपाल सेवा समिति पर्साका सचिव शिवचन्द्र यादव, समाजसेवि एवम् युवा नेता रबिन्द्र यादव, नेपाली कांग्रेसका नेता श्रीकान्त यादव, राकेश यादव, महन्थ यादव लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...