Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

कृष्ण जन्माष्टमीकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । गोपाल सेवा समिति पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। श्री कृष्णको ५२४८ औ जन्मोत्सवको अवसरमा भएकाे कार्यक्रममा ३ महिलासहित २३ जनाले रक्तदान गरेका छन् ।

गोपाल सेवा समिति पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमको उद्घाटन रक्तदान गरी युवा नेता अमित यादवले गरेका थिए । 

वीरगंजकाे राधेमाईस्थित गोपाल सेवा समितीद्वारा आयोजित श्री कृष्णा जन्मोत्सव पुजा स्थलमा भएकाे कार्यक्रममा सुमन यादव, पक्राश कुमार साह, रबिन्द्र कुमार यादव, राजेश यादव, अरबिन्द यादव, पुनम यादव, विकास माली, सुनिल यादव, राजेश यादव, सुजित यादव लगायतकाले रक्तदान गरेकाे कृष्णा यादवले वताए ।

युवा गोपाल सेव समिति पर्साका अध्यक्ष कृष्ण यादवले स्वागत एवम् क्षेत्रीय सचिव हरि यादवले संचालन गरेकाे कार्यक्रममा गोपाल सेवा समिति पर्साका सचिव शिवचन्द्र यादव, समाजसेवि एवम् युवा नेता रबिन्द्र यादव, नेपाली कांग्रेसका नेता श्रीकान्त यादव, राकेश यादव, महन्थ यादव लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...