Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्साका एक सय बाढि पिडित परिवारलाई राहत

spot_img
spot_img

वीरगंज । नेपाल भारत महिला मैत्री समाजले पर्सा जिल्लाका बाढी पहिरो पिडितलाई राहत सामग्री बितरण गरेका छन । बुधबार बिरगंज स्थित भारतिय बाणिज्य दूतावासमा आयोजित एक कार्यक्रमको बिच पर्सा जिल्लाका विभिन्न ४ स्थानीय तहका करिव १०० पीडित परिवारलाई बितरण गरिएको छ । पर्सा जिल्लाको जनगरनाथपुर गाउँपालिकाका ४१ घर धुरी, जिराभवानी गाउँपालिकाका २४ घर धुरी, बिरगंज महानगरपालिकाका १६ र पर्सागढि नगरपालिकाका १६ बाढी पहिरो पीडित प्रत्येक परिवारलाई टेन्ट, सुकुल, ठूलो, सानो, मझौला किसिमको लगभग ३५ लाख भन्दाबढी मुल्य पर्ने राहत सामग्री प्रदान गरिएको हो ।

बाढीपहिरो पीडितलाई सहयोग गरेकोमा भारत सरकारलाई धन्यबाद ज्ञापन गर्दै समाजकी अध्यक्ष एवं सघीय सांसद चौधरीले नेपाल भारत संबन्ध जनस्तरमा कहिले पनि कमजोर नहुने बिस्वास ब्यक्त गर्दै कसैले चाहेर पनि कमजोर नहुने बताइन । दुई देशको सम्बन्ध रोटीबेटीको मात्र नभई सदियौं देखि प्राकृतिक सम्बन्ध पनि रहेको छ यसलाई कसैले चाहेर पनि कम्जोर गर्न सक्दैन ।

उनले भनिन, ’नेपाल भारतको संबन्ध दुःख सुखको सम्बन्ध हो । यो राजनीतिक स्तरमा भन्दा कैयौं गुणा जनस्तरमा दुई देशका जनताबिच बलियो सम्बन्ध रहेको छ ।’ यो सम्बन्धलाई अझै प्रगाढ बढाउँनु पर्छ । केहि राजनितिक दलले दुई देशको सम्बन्धमा फाटो लगाउँने काम गर्दै आएका छन, उनले भनिन् यसले केहि फरक पर्दैन हाम्रो सम्बन्ध जनस्तरबाट प्रगाढ छ । न कुनै राजा महाराजाले बनाएको सम्बन्ध हो न कसैले विगार्न खोज्दैमा विग्रिदैन ।उ

नले भारतको सहयोगमा करिब ४ करोडको राहत समाग्री बाढी पहिरो पिडितलाई वितरण गरेको बताईन । प्राज्ञिक विद्यार्थी परिषद र नेपाल भारत महिला मैत्री समाज मार्फत भारत सरकारको सहयोगमा प्राप्त भएको राहत समाग्री नेपालका विभिन्न ठाउँमा आएको बाढी पहिरो पिडितलाई राहत स्वरुप समाग्री उपलब्ध गराईएको उनले बताईन ।

भारत सरकारको सहयोगबाट प्राप्त राहत सामग्री समाजकी अध्यक्ष चन्दा चोधरीको अध्यक्षता र भारत बाणिज्य दूतावासका महाबाणिज्य दुत नितेश कुमार, पोलिटिक कन्सुलर शैलेन्द्र कुमार, कंसुलर शशी भुषणको बिशेष उपस्थितमा बितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...