Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु माओवादी केन्द्रमा प्रवेश

spot_img
spot_img

वीरगंज । होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । होटल व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विद्यालाल प्रसाद, उपाध्यक्ष छविलाल उप्रेती, महासचिव तबरेज आलम, कोषाध्यक्ष दल बहादुर किंगरिंग, सदस्य कन्हैया अग्रवाल लगायतका व्यवासयीहरुले माओवादी केन्द्रमा प्रवेश गरेका हुन । काठमाडौंको खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा भएको एक कार्यक्रमका बिच होटल व्यवसायीहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र वीरगंज महानगरपालिका इन्चार्ज रहबर अंसारीले बताए ।

नवप्रवेशीहरुलाई पूर्व प्रधानमन्त्री एवं पार्टीका राष्ट्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए । सो पार्टी प्रवेश कार्यक्रममा स्थायी समिति सदस्य देवेन्द्र पौडेल, पर्सा जिल्ला ईन्चार्ज उर्मिला अर्याल, जिल्ला संयोजक विजय महतो, महानगर ईन्चार्ज रहबर अन्सारी, प्रदेश सदस्य रामदरश कुशवाहा, बालेश्वर थारु, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य प्रभाकर गुप्ता लगायतका नेताहरुको सहभागीता रहेको थियो । पर्सा जिल्लामा नेकपा माओवादी केन्द्रलाई होटल व्यवसायी संघमा पार्टी प्रवेशले थप उर्जा बढेको तथा आम जनमानसमा पार्टीप्रति विश्वास बढनुको साथै आत्मबल पनि बढेको पार्टीका महानगर ईन्चार्ज रहबर अंसारीले बताए ।

सिमा खोलाई दिन अध्यक्ष प्रचण्डलाई बुझाईयो ज्ञापन

होटल व्यवसायी संघ पर्साले आफ्ना विभिन्न मागहरु सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’’लाई ज्ञापनपत्र बुझाएको छ । होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलमको नेतृत्वमा गएका व्यवसायीहरुले अध्यक्ष प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा कोभिड–१९ ले नेपाल भारत सीमा नाका बन्द रहेका कारण होटल तथा पर्यटन व्यवसायीहरुले ठुलो क्षति बेहोर्नु परेको जनाईएको छ । हाल सम्म महामारीको समयमा होटल व्यवसायीले कुनै पनि किसिमको आर्थिक अनुदान संघ, प्रदेश र स्थानिय सरकारबाट नपाएको भनि ध्यानाकर्षण समेत गराएका थिए ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी बन्द रहेका नेपाल भारत सिमा खुल्ला गर्नु पर्ने, बैंक तथा वित्तिय संघसंस्थाहरुबाट नेपाल सकारले जारी गरेको राहत प्याकेज अन्तरगतको सहुलियत ऋण उपलब्ध गराउनु पर्ने, व्यवासयीहरुको उत्थानको लागि घरबहादल, बैंकको ब्याज, किस्ता लगायत व्यवसायिक करमा विशेक्ष छुट दिनु पर्ने, ५० लाख सम्मको सहुलियत पूर्ण कर्जाको व्यवस्था गर्नु पर्ने, भारतीय पर्यटकको आवतजावतमा प्रयोग हुने भारतीय नम्बर प्लेटका गाडीहरुलाई नेपाल आउनमा सहजीकरण गर्नु पर्ने लगायतका मागहरु सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सो ज्ञापनपत्रमा होटल व्यवसायी संघ पर्साका बरिष्ठ उपाध्यक्ष विधालाल प्रसाद र महासचिव तबरेज आलमले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...