Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कृष्ण जन्माष्टमीको अवसरमा वीरगंजमा भव्य शोभायात्रा

spot_img
spot_img

वीरगंज । विश्व हिन्दु परिषदले ५७ औं अन्तराष्ट्रिय स्थापना दिवसको अवसरमा श्री कृष्ण जन्माष्टमी धुमधामका साथ वीरगन्जमा मनाएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा विश्व हिन्दु परिषद पर्साले वीरगन्जमा भव्य रुपमा भगवान श्रीकृष्णको शोभायात्रा निकालेको हो ।

वीरगंज ८ गहवाबाट निकालिएको शोभायात्रा रेल्वे रोड हुदै विर्ता, अलखियामठ, आर्दशनगर, घडिअर्वा, माईस्थान, घण्टाघर हुँदै पुन: गहवाको श्रीकृष्ण मन्दिरमा पुगी काेण सभामा परिणत भएको थियो । शोभायात्रामा सहभागिहरुले भगवान श्री कृष्ण जय जयकारको नारा तथा जय श्री राम, हर हर महादेव लगायत धार्मिक नारा लगाउँदै उत्साहपूर्वक यात्रा सम्पन्न गरेका थिए ।

शोभायात्रा सम्पन्न पश्चात श्रीकृष्ण मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै विश्व हिन्दु परिषदका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले वीरगन्जबाट निकालिएको शोभायात्रा हिन्दु धर्मावलम्बीहरुको लागि ऐतिहासिक र गर्भको कुरा भएको बताउँनु भयो ।

हिन्दु विभिन्न जातजातिमा बाटिएपनि हामी एकआपसको सहोदर दाजु भाई नै हौ, उनले भने, ‘ विश्व हिन्दु परिषदको दृष्टीमा कुनैपनि समुदाय सानो ठूलो छैन सब सम्मान रुपमा रहेको हुनाले आफनो धर्म संस्कृति जोगाउँन सम्पूर्ण हिन्दु समाज एकजुट हुनुपर्छ । ’ बैद्धिक सनातन धर्म यस्तो धर्म होे, जहाँ हामी आमालाई पुजा गर्छौ, ‘ नेपाल एउटा यस्तो पवित्र भुमि हो जहाँ हामी कन्यालाई पुजा गछौ महासचिव सिंहले भने, विश्वको ऐतिहासिक चिनारी पनि हो यसको संमरक्षण गर्न हाम्रो कर्तव्य रहेको हुनाले सम्पूर्ण हिन्दु समाज एकजुट भएर सनातन धर्मको रक्षा गर्नुपर्छ ।’

वडा नम्बर ८ का वडाध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएकाे कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश साह, जिल्ला सचिव कृष्ण मोहन सहाय, वीरगन्ज महानगर अध्यक्ष बृजेश मल्लिक, जिल्ला सदस्य मोहन पटेल, अजय सिंह लगायत स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।

परिषदको कार्यालय उद्घाटन

वीरगंजमा विश्व हिन्दु परिषद नेपालको कार्यालय समेत उद्घाटन गरिएको छ । वीरगन्ज गहवास्थित भिमसेन मन्दिर अगाडी रहेको परिषदको कार्यालय विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहले विधिवत रुपमा पुजापाठ गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा हिन्दु स्वयंसेवक संघका राष्ट्रिय प्रचारक बेद प्रकाश जी, संघका जनकपुर सम्भाहक रन्जीत साह, परिषदका युवा कार्यकर्ता अमन साह, सागर सर्राफ, राज सोनी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...