Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

जगरनाथपुर गाउँपालिका पूर्ण खोप घोषणा

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका पूर्ण खोप घोषणा भएको छ । पाालिका खोप समन्वय समिति जनगरनाथपुर गाउँपालिकाको आयोजनामा आईतबार भएको एक समारोहका बिच गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।

जन्मदेखि १५ महिनाको उमेरसम्म १२ रोगको बिरुद्ध सम्पूर्ण खोप लगाइएको हँुदा गाउपालिकालाई पूर्ण खोप घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा जनाएको छ । गाउपालिकाको सभा हलमा भएको कार्यक्रममा जिल्ला सम्वन्य समिति पर्साको प्रमुख नेक महम्द आंसारीले पूर्ण खोप गाउँपालिका घोषणा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख अंसारीले खोपले बालबालिकामा रोगसंग लड्न प्रतिरोधात्मक क्षमतामा शक्ति मिल्ने बताए । उनले खोप नलगाए बालबालिकामा विभिन्न किसिमको रोग लाग्ने सम्भावना बढि भएकोले अभिभावकले समयमै आ–आफ्ना बालबालिकालाई खोप लगाउनु पर्ने बताए ।

गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल, नेपाली कांग्रेसका नेता सोहरुम राउन गद्दी, जसपाका नेता महमद सरिफ गद्दी लगायतकाले मन्तव्य राखेका थिए । ‘स्वास्थ्य समृद्ध र नमूना जगरनाथपुर गाउँपालिका हाम्रो अभियान’, ‘पूर्ण खोप सूरक्षित भविष्य, हाम्रो स्वाभिमान’ भन्ने नाराको साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य संयोजक प्रवेन्द्र साहले गरेका थिए ।

कार्यक्रममा पूर्ण खोप घोषणामा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समति गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...