Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जगरनाथपुर गाउँपालिका पूर्ण खोप घोषणा

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका पूर्ण खोप घोषणा भएको छ । पाालिका खोप समन्वय समिति जनगरनाथपुर गाउँपालिकाको आयोजनामा आईतबार भएको एक समारोहका बिच गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।

जन्मदेखि १५ महिनाको उमेरसम्म १२ रोगको बिरुद्ध सम्पूर्ण खोप लगाइएको हँुदा गाउपालिकालाई पूर्ण खोप घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा जनाएको छ । गाउपालिकाको सभा हलमा भएको कार्यक्रममा जिल्ला सम्वन्य समिति पर्साको प्रमुख नेक महम्द आंसारीले पूर्ण खोप गाउँपालिका घोषणा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख अंसारीले खोपले बालबालिकामा रोगसंग लड्न प्रतिरोधात्मक क्षमतामा शक्ति मिल्ने बताए । उनले खोप नलगाए बालबालिकामा विभिन्न किसिमको रोग लाग्ने सम्भावना बढि भएकोले अभिभावकले समयमै आ–आफ्ना बालबालिकालाई खोप लगाउनु पर्ने बताए ।

गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल, नेपाली कांग्रेसका नेता सोहरुम राउन गद्दी, जसपाका नेता महमद सरिफ गद्दी लगायतकाले मन्तव्य राखेका थिए । ‘स्वास्थ्य समृद्ध र नमूना जगरनाथपुर गाउँपालिका हाम्रो अभियान’, ‘पूर्ण खोप सूरक्षित भविष्य, हाम्रो स्वाभिमान’ भन्ने नाराको साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य संयोजक प्रवेन्द्र साहले गरेका थिए ।

कार्यक्रममा पूर्ण खोप घोषणामा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समति गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको...