Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

आमाको माया छात्रावासको उद्घघाटन भदौ १७ गते हुने

spot_img
spot_img

वीरगंज । वीरगंजको आदर्शनगरस्थित आमाको माया छात्रावासको यहि भदौ १७ गते उद्घघाटन हुने भएको छ । आमाको माया छात्रावास सन्चालक समितिका अध्यक्ष भवरलाल पारिकको अध्यक्षतामा आज बसेको बैठकले यहि भदौ १७ गते बिहीबारका दिन बिहान ८ः३० बजे उद्घघाटन कार्यक्रम रहेको र त्यसको तयारीको लागि समितीले विभिन्न कमिटी गठन गरि जिम्मेवारी दिएको समेत बताए ।

छात्राबाँस रङ्गरोगन, मंच सजावट, अतिथि स्वागत सत्कार र भोजन ग्रहणको लागि कार्यसमितीका उपाध्यक्ष राजकुमार दारुका , सदस्य शिवम केडिया , प्रेम थुलुङ्ग र महेश हास्दालाई जिम्मेवारी दिएको बैठकले निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि भारत मुम्बईका अखिल भारतीय वनवासी कल्याण आश्रमको मार्ग दशक श्री सोमया जुलु ज्युले उद्घघाटन गर्नु हुने कार्यक्रम रहेको छ । सोमयाले २२–२३ बर्ष देखि जनजातीहरुको हकहितको लागि काम गर्दै आईरहनु भएको छ । अहिलेसम्ममा ११ करोड जनजातीको लागि शिक्षा, स्वास्थ्य, सस्कृति देखि सबै क्षेत्रमा उहाको योगदान रहेको समेत जानकारी गराईएको थियो ।

बैठकमा जनजाति कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सुरेश रुङ्ग्टा , आमाको माया छात्रावासका उपाध्यक्ष राजकुमार दारुका, कोषाध्यक्ष मनोज गाडिया, सदस्य गणेश खेतान, शिवम केडिया, जनजाति कल्याण आश्रम राष्ट्रिय संगठनका सचिव मिलन भट्ट, महासचिव प्रेम थुलुङ्ग, सदस्य रघु हास्दा, श्रधाजागरण प्रमुख चन्दुलाल, राष्ट्रिय सस्कार प्रमुख महेश हास्दा, कार्यालय प्रमुख मदन चौधरी, छात्रावास वीरगंज प्रमुख रुपेश हास्दा, सन्चारकर्मी अजित कुमार भुजेल लगायतकाको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...