Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

आमाको माया छात्रावासको उद्घघाटन भदौ १७ गते हुने

spot_img
spot_img

वीरगंज । वीरगंजको आदर्शनगरस्थित आमाको माया छात्रावासको यहि भदौ १७ गते उद्घघाटन हुने भएको छ । आमाको माया छात्रावास सन्चालक समितिका अध्यक्ष भवरलाल पारिकको अध्यक्षतामा आज बसेको बैठकले यहि भदौ १७ गते बिहीबारका दिन बिहान ८ः३० बजे उद्घघाटन कार्यक्रम रहेको र त्यसको तयारीको लागि समितीले विभिन्न कमिटी गठन गरि जिम्मेवारी दिएको समेत बताए ।

छात्राबाँस रङ्गरोगन, मंच सजावट, अतिथि स्वागत सत्कार र भोजन ग्रहणको लागि कार्यसमितीका उपाध्यक्ष राजकुमार दारुका , सदस्य शिवम केडिया , प्रेम थुलुङ्ग र महेश हास्दालाई जिम्मेवारी दिएको बैठकले निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि भारत मुम्बईका अखिल भारतीय वनवासी कल्याण आश्रमको मार्ग दशक श्री सोमया जुलु ज्युले उद्घघाटन गर्नु हुने कार्यक्रम रहेको छ । सोमयाले २२–२३ बर्ष देखि जनजातीहरुको हकहितको लागि काम गर्दै आईरहनु भएको छ । अहिलेसम्ममा ११ करोड जनजातीको लागि शिक्षा, स्वास्थ्य, सस्कृति देखि सबै क्षेत्रमा उहाको योगदान रहेको समेत जानकारी गराईएको थियो ।

बैठकमा जनजाति कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष सुरेश रुङ्ग्टा , आमाको माया छात्रावासका उपाध्यक्ष राजकुमार दारुका, कोषाध्यक्ष मनोज गाडिया, सदस्य गणेश खेतान, शिवम केडिया, जनजाति कल्याण आश्रम राष्ट्रिय संगठनका सचिव मिलन भट्ट, महासचिव प्रेम थुलुङ्ग, सदस्य रघु हास्दा, श्रधाजागरण प्रमुख चन्दुलाल, राष्ट्रिय सस्कार प्रमुख महेश हास्दा, कार्यालय प्रमुख मदन चौधरी, छात्रावास वीरगंज प्रमुख रुपेश हास्दा, सन्चारकर्मी अजित कुमार भुजेल लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...