Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकारको सुरक्षाप्रति राज्यले विशेष ध्यान दिनु पर्छ : सञ्चार मन्त्री साह

spot_img
spot_img

वीरगंज ।  प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले सञ्चार क्षेत्रमा देखिएका समस्यालाई व्यवस्थित रुरुपमा हल गर्दै पत्रकारको क्षमता अभिबृद्धिका लागि आगामी दिनमा मन्त्रालयले ठोस कार्यक्रम ल्याउने बताउनु भएको छ । रेडियो बीरगंज, टिभी बीरगंज एवं तेली कल्याण समिति पर्साद्वारा आज रेडियो परिसरमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले रौतहटको घटनाले पत्रकारको सुरक्षाप्रति पनि राज्यले विशेष ध्यान दिनु पर्ने आवश्यकता देखिएको बताउनु भयो ।

उहाँले समानुपातिक रुपमा विज्ञापन वितरण नगरेर विगतमा आफ्ना आसेपासे, निकटका व्यक्ति तथा दलाली गर्नेलाई मात्र विज्ञापन दिने प्रथालाई आपूmले तोडेर आवाज विहिन जनताको पक्षमा आवाज उठाउने मिडियालाई विज्ञापन दिने नीति अवलम्वन गरिने बताउनु भयो । उहाँले प्रदेश २ मा धेरै संचारमाध्यम संकटमा परेको आफूले देखेको बताउदै अब प्रदेशमा आवश्यकता अनुसार चल्ने सक्ने पूर्वाधार भएका छापा तथा रेडियो, टिभीलाई मात्रै संचालनको अनुमति दिने नीति ल्याईने जानकारी दिनुभयो ।

सञ्चारमन्त्री साहले च्याउ उम्रिएझै खुलेका मिडियाहरुरुलाई व्यवस्थित गर्न प्रदेश सरकारले मिडिया काउन्सिल मार्फत काम गर्ने जानकारी दिनु हुदै विगतमा के भयो, भन्ने तर्फ भन्दा अब के गर्नु पर्छ भन्ने तर्फ आफू लागेको बताउनु भयो । कार्यक्रममा रेडियो वीरगंज एवं टिभी बीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले पर्सामा पत्रकार महासंघको नेतृत्वले सञ्चारकर्मीहरुरुलाई विभेद गर्दै आएको बताउनु भयो । तेली समाज पर्साका अध्यक्ष समेत रहनु भएका साहले पर्सामा आफ्नो समाज समृद्ध रहेको र समाजको हितका लागि आफूहरुरुले काम गर्दै आएको बताउनु भयो ।

उहाँले तेली समाजवाट मन्त्री हुनु भएका भरत प्रसाद साहलाई समाजको तर्फ बाट शुभकामना व्यक्त गर्दै समाजको हितका लागि काम गर्न समेत आग्रह गर्नु भयो । सो अवसरमा मन्त्री साहले रेडियो वीरगंज तथा टिभी बीरगंजको नवनिर्मित स्टुडियो सहित सम्पूर्ण कार्यकक्ष स्थलगत अवलोकन समेत गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य पस्मिना कादरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल ठाकुर केन्द्रिय सदस्य, प्रदेश सदस्य छोटेलाल यादव, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव एवम् प्रदेश अध्यक्ष सुर्यनारायण साह, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् मन्त्री साहका स्वकीय सचिव शिवम साह , तेली कल्याण समाज पर्साका पदाधिकारी तथा सदस्य, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...