Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

युवा बचनकाे कार्यक्रममा १३६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । युवा वचनले पाँचौ पटक आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजकाे आदर्शनगरमा भएकाे कार्यक्रममा ६ जना महिलासहित १ सय ३६ जनाले रक्तदान गरेको आयाेजक संस्थाका किशन सर्राफले वताए ।

संस्थाका केन्द्रीय अध्यक्ष पियुष कादमियाको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नेपाल रेडक्रस सोसाइटीका मधु राणा, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, युवा नेता तथा समाजसेवी ओमप्रकाश सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको सहभागिता रहेको थियो । 

 कार्यक्रममा अर्चना चौधरी ,लक्ष्मी गौतम , मुस्कान साबु , रेखा साह,  सुस्मीता गुप्ता, अंशुमन तिवारी, सुसिल पटेल, रबी साह, ओम झा लगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...