Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

युवा बचनकाे कार्यक्रममा १३६ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । युवा वचनले पाँचौ पटक आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजकाे आदर्शनगरमा भएकाे कार्यक्रममा ६ जना महिलासहित १ सय ३६ जनाले रक्तदान गरेको आयाेजक संस्थाका किशन सर्राफले वताए ।

संस्थाका केन्द्रीय अध्यक्ष पियुष कादमियाको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नेपाल रेडक्रस सोसाइटीका मधु राणा, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, युवा नेता तथा समाजसेवी ओमप्रकाश सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको सहभागिता रहेको थियो । 

 कार्यक्रममा अर्चना चौधरी ,लक्ष्मी गौतम , मुस्कान साबु , रेखा साह,  सुस्मीता गुप्ता, अंशुमन तिवारी, सुसिल पटेल, रबी साह, ओम झा लगायतले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...