Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

भाेलेन्टियर समुहद्वारा शंकराचार्यकाे सरसफाईमा निरन्तरता

spot_img
spot_img

वीरगंज । भाेलेन्टियर समुह वीरगंजले फेरी नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटकाे सरसफाई अभियानलाई निरन्तरता दिएकाे छ । वीरगंजस्थित रहेकाे नेपालको मुख्य प्रबेशद्वार शंकराचार्य र त्यस वरिपरिकाे क्षेत्रकाे शनिबार सफाइ गरिएकाे भाेलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तवले बताए ।

कोभिड १९ को पहिलो प्रभाव शुरु हुन अगावै शुरु गरिएको सरसफाई कार्यक्रम संक्रमण बढनथालेपछी २६ औ हप्तामा फेरी संचालन गर्ने गरी समापन गरिएको थियो ।

सरसफाई कार्यक्रममा विगतका जस्तै वीरगंज महानगरपालिकाले दमकल पठाएर सहयाेग गरेकाे संयोजक श्रीवास्तवले जानकारी गराए । भाेलेन्टियर समुहले शंकराचार्यद्वारकाे सरफाईलाई निरन्तरता दिए पछि साे क्षेत्र पहिला भन्दा सफा देख्न थालेको थियो तर अभियान रोकिएपछी र संक्रमणले गर्दा फेरी समस्या उस्तै भएकोले अभियान पुन: संचालन गरिएकाे समुहका बिनय गुप्ताले बताए ।

वीरगंजका नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा भएकाे सरसफाई कार्यक्रममा विशिष्ट अतिथी प्रजिअ पिताम्बर घिमिरे, प्र.उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, अनुसन्धान उपरीक्षक टीका पौडेल, अमन गुरुवाचार्य, पपु श्रीवास्तव, प्रकाश खेतान, दिलिप कार्कि, रबि वर्णवाल, समुहका कमलेश कुश्वाहा, विंकी सरार्फ, राधेश्याम गुप्ता, शेष हजरा, राज सरार्फ, किशन सरार्फ, अनिल हजरा, आकाश सरार्फ लगायतकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...