Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

भाेलेन्टियर समुहद्वारा शंकराचार्यकाे सरसफाईमा निरन्तरता

spot_img
spot_img

वीरगंज । भाेलेन्टियर समुह वीरगंजले फेरी नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटकाे सरसफाई अभियानलाई निरन्तरता दिएकाे छ । वीरगंजस्थित रहेकाे नेपालको मुख्य प्रबेशद्वार शंकराचार्य र त्यस वरिपरिकाे क्षेत्रकाे शनिबार सफाइ गरिएकाे भाेलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तवले बताए ।

कोभिड १९ को पहिलो प्रभाव शुरु हुन अगावै शुरु गरिएको सरसफाई कार्यक्रम संक्रमण बढनथालेपछी २६ औ हप्तामा फेरी संचालन गर्ने गरी समापन गरिएको थियो ।

सरसफाई कार्यक्रममा विगतका जस्तै वीरगंज महानगरपालिकाले दमकल पठाएर सहयाेग गरेकाे संयोजक श्रीवास्तवले जानकारी गराए । भाेलेन्टियर समुहले शंकराचार्यद्वारकाे सरफाईलाई निरन्तरता दिए पछि साे क्षेत्र पहिला भन्दा सफा देख्न थालेको थियो तर अभियान रोकिएपछी र संक्रमणले गर्दा फेरी समस्या उस्तै भएकोले अभियान पुन: संचालन गरिएकाे समुहका बिनय गुप्ताले बताए ।

वीरगंजका नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा भएकाे सरसफाई कार्यक्रममा विशिष्ट अतिथी प्रजिअ पिताम्बर घिमिरे, प्र.उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, अनुसन्धान उपरीक्षक टीका पौडेल, अमन गुरुवाचार्य, पपु श्रीवास्तव, प्रकाश खेतान, दिलिप कार्कि, रबि वर्णवाल, समुहका कमलेश कुश्वाहा, विंकी सरार्फ, राधेश्याम गुप्ता, शेष हजरा, राज सरार्फ, किशन सरार्फ, अनिल हजरा, आकाश सरार्फ लगायतकाे सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...