Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सन २०५० सम्ममा ८ देखि १२ प्रतिशत पानीको मात्रा बढ्न सक्छ : विज्ञहरु

spot_img
spot_img

काठमाडौं । जलवायु परिवर्तनको असरले सन २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशत वृद्धि हुनसक्ने विज्ञहरुले औल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने विज्ञहरुले औल्याएका हुन् ।

‘सन २०५० सम्ममा अहिलेको हिसावले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा ८ देखि १२ प्रतिशत मापनको मात्रामा वृद्धि हुनसक्छ,’ जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले भने, ‘अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन २०५० सम्मा पृथ्वीको तापक्रम थप १ दशमलव ३ डिग्री सेल्सियसदेखि १ दशमलव ८ डीग्री सेल्सियससम्म पुग्नसक्छ ।’

अहिले सम्म पृथ्वीको र्आसम तापमान(औद्योगिकीकरण समयपछि) करिव १ डिग्री सेल्सियस तापक्रम वृद्धि भैरहेको उनले बताए ।

उनले भने, ‘यस्तै हुने हो भने पृथ्वीको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियसले वृद्धी हुन सक्छ ।’ सन २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित राख्ने प्रतिवद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपदका घटना जलवायु परिवर्तनको प्रभावले भएको स्वच्छ उर्जा नेपालमा आवद्ध जलवायु परिवर्तन विज्ञ ढकालले बताए ।

उनका अनुसार नेपालमा भएका सुख्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन भएको हो । उनले नेपालमा ४५ वर्षको अवधिमा २ दशमलव ५ डिग्री सेल्सियस अधिकतम तापक्रम वृद्धि भएको बताए । न्यूनतम् तापक्रम भने न्यूनमात्रामा वृद्धि भएको उनले बताए ।

‘हिमाली क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धि भन्दा उच्च दरमा बढिरहेको छ । यो तापक्रम वृद्धिको प्रभाव हिमनदीमा परेको विभिन्न अध्ययन तथा अनुसन्धानले प्रष्ट पारिसकेको छ,’ विज्ञ ढकालले भने । स्वच्छ उर्जा नेपालसंगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा सरकारले राम्रा कामहरु पनि गरिरहेको बताए ।

उनले पूर्वसूचना प्रणाली जडान हुनै मानवीय क्षती न्यून भएको औल्याए । नेपालजस्तो जटिल भौगोलिक बनावट भएको मुलुकले धेरै जोखिम व्यहोर्नुपरेको उनको बुझाइ छ । अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमतालहरु छन् भने धेरै जसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ जसमध्ये २० वटा हिमतालहरु जोखिममा रहेका छन् ।

विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रूत गतिमा पग्लिँदै गइरहेका छन् । यसरी हिमालमा रहेको हिउँ छिटो छिटो पग्लिनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ, यसैका कारण हिमतालको बाँधले पानी थेग्न नसकी हिमताल फुट्ने र तल्लो तटिय क्षेत्रमा ठूलो बाढी आउने खतरा हुन्छ ।

जसलाई अंग्रेजीमा ग्लफ –ग्लेसीयर लेक आउटव्रस्ट फ्लड) भनिन्छ । यसैगरी खेत बस्ती डुबान, नदीको धार बदलिएर हुने बाढी, नदी तटीय क्षेत्रमा कटान र खडेरीले तराईलाई आक्रान्त पार्न सक्नेछन् । ‘बढ्दो तातोपनाको कारण विशेष गरेर झाडापखला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज ईन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि हुनगई यसबाट हुने मृत्युदर बढ्दै गइरहेको छ,’ वातावरण पत्रकार राजेश घिमिरेले भने, ‘नेपालका तराई क्षेत्रहरु यो समस्याबाट बढी पिडित हुन सक्नेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...

अमलेखगञ्जमा ट्यांकर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे...