Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

सन २०५० सम्ममा ८ देखि १२ प्रतिशत पानीको मात्रा बढ्न सक्छ : विज्ञहरु

spot_img
spot_img

काठमाडौं । जलवायु परिवर्तनको असरले सन २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशत वृद्धि हुनसक्ने विज्ञहरुले औल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने विज्ञहरुले औल्याएका हुन् ।

‘सन २०५० सम्ममा अहिलेको हिसावले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा ८ देखि १२ प्रतिशत मापनको मात्रामा वृद्धि हुनसक्छ,’ जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले भने, ‘अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन २०५० सम्मा पृथ्वीको तापक्रम थप १ दशमलव ३ डिग्री सेल्सियसदेखि १ दशमलव ८ डीग्री सेल्सियससम्म पुग्नसक्छ ।’

अहिले सम्म पृथ्वीको र्आसम तापमान(औद्योगिकीकरण समयपछि) करिव १ डिग्री सेल्सियस तापक्रम वृद्धि भैरहेको उनले बताए ।

उनले भने, ‘यस्तै हुने हो भने पृथ्वीको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियसले वृद्धी हुन सक्छ ।’ सन २०१५ मा भएको पेरिस सम्झौताले पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित राख्ने प्रतिवद्धता जनाएको छ । अहिले नेपालमा भएका ८० प्रतिशतभन्दा बढी विपदका घटना जलवायु परिवर्तनको प्रभावले भएको स्वच्छ उर्जा नेपालमा आवद्ध जलवायु परिवर्तन विज्ञ ढकालले बताए ।

उनका अनुसार नेपालमा भएका सुख्खा खडेरी, पहिरो, हिमताल विस्फोटन र तापक्रम वृद्धिका घटनाहरुको मुख्य कारण नै जलवायु परिवर्तन भएको हो । उनले नेपालमा ४५ वर्षको अवधिमा २ दशमलव ५ डिग्री सेल्सियस अधिकतम तापक्रम वृद्धि भएको बताए । न्यूनतम् तापक्रम भने न्यूनमात्रामा वृद्धि भएको उनले बताए ।

‘हिमाली क्षेत्रको तापक्रम विश्वको सरदर वृद्धि भन्दा उच्च दरमा बढिरहेको छ । यो तापक्रम वृद्धिको प्रभाव हिमनदीमा परेको विभिन्न अध्ययन तथा अनुसन्धानले प्रष्ट पारिसकेको छ,’ विज्ञ ढकालले भने । स्वच्छ उर्जा नेपालसंगको सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालले जलवायु परिवर्तनको असरले पारेको जोखिम न्यूनीकरणमा सरकारले राम्रा कामहरु पनि गरिरहेको बताए ।

उनले पूर्वसूचना प्रणाली जडान हुनै मानवीय क्षती न्यून भएको औल्याए । नेपालजस्तो जटिल भौगोलिक बनावट भएको मुलुकले धेरै जोखिम व्यहोर्नुपरेको उनको बुझाइ छ । अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का अनुसार नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमतालहरु छन् भने धेरै जसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको छ जसमध्ये २० वटा हिमतालहरु जोखिममा रहेका छन् ।

विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रूत गतिमा पग्लिँदै गइरहेका छन् । यसरी हिमालमा रहेको हिउँ छिटो छिटो पग्लिनाले हिमतालमा धेरै पानी जम्मा हुन जान्छ, यसैका कारण हिमतालको बाँधले पानी थेग्न नसकी हिमताल फुट्ने र तल्लो तटिय क्षेत्रमा ठूलो बाढी आउने खतरा हुन्छ ।

जसलाई अंग्रेजीमा ग्लफ –ग्लेसीयर लेक आउटव्रस्ट फ्लड) भनिन्छ । यसैगरी खेत बस्ती डुबान, नदीको धार बदलिएर हुने बाढी, नदी तटीय क्षेत्रमा कटान र खडेरीले तराईलाई आक्रान्त पार्न सक्नेछन् । ‘बढ्दो तातोपनाको कारण विशेष गरेर झाडापखला र लामखुट्टे जातिबाट सर्ने मलेरिया, कालाजार, जापानिज ईन्सेफलाइटिस् जस्ता रोगमा वृद्धि हुनगई यसबाट हुने मृत्युदर बढ्दै गइरहेको छ,’ वातावरण पत्रकार राजेश घिमिरेले भने, ‘नेपालका तराई क्षेत्रहरु यो समस्याबाट बढी पिडित हुन सक्नेछन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...