Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

भोलेन्टियर समूहकाे कार्यक्रममा १०३ जनाले गरे रक्तदान

spot_img
spot_img
वीरगंज । भोलेन्टियर समुह वीरगंजकाे आयाेजनामा वीरगंज महानगरपालिकाकाे वडा नं. ३० लालपर्सामा शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । 
 
लालपर्सा स्वास्थ्य चौकीमा भएकाे कार्यक्रममा ६ महिलासहित १०३ जनाले रक्तदान गरेकाे भोलेन्टियर समूहका संयोजक राजन श्रीवास्तवले वताए । 
 
कार्यक्रममा बिरेन्द्र राज कंडेल, संजय परियार, निसा कुमारी शाह, रेखा कुमारी गुप्ता, कुन्ती देबि कुश्वाहा, सिमा श्रेष्ठ, रिन्की कुमारी, रोजिना पराजुलि, मन्जुर आलम, बिजय कुश्वाहा, गुडु कुमार गुप्ता, रोशन गुप्ता, दिनेश प्रसाद कुश्वाहा, हिरालाल कुश्वाहा, सोनालाल कुश्वाहा, रामानन्द महतो कोइरी लगायतले रक्तदान गरेकाे उनले  जानकारी दिए ।
 
कोरोना महमारिका साथै हालै भइरहेका अविरल बर्षाका कारणले रक्तदान कार्यक्रममा कमि देखिएकोले नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रको समन्वयमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको संयाेजक श्रीवास्तवले वताए ।
 
भोलेन्टियर समुहका सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक राधेश्याम गुप्ताको सभापतित्व र नेपाल रेडक्रस साेसाइटी पर्साका सभापति बिरेन्द्र राव कंडेलकाे  प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा वडाध्यक्ष अमानत अन्सारि, भोलेन्टियर टिमका महासचिव श्याम सरार्फ, कोषाध्यक्ष कमलेस कुश्वाहा, ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिंह, डाक्टर लक्ष्मी थापा, मानवसेवाका देवेस गुप्ता, किसन सरार्फ, उजवल सरार्फ, बिक्की सरार्फ, दिनेस मिश्र, राहुल शर्मा, राजेन्द्र भट्टराई, बिक्की कुश्वाहा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
 
रक्त सञ्चार केन्द्रकाे प्राविधिक सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा केन्द्रका प्राबिधिक धिरेन्द्र झा नेतृत्वकाे टाेलीले प्राबिधिक सहयोग गरेको थियाे । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र र भाेलेन्टियर लेखिएकाे टिसर्ट समेत वितरण गरिएकाे थियाे ।
 
वीरगंजमा मात्र विभिन्न कार्यक्रमकाे आयाेजना गर्दै आएकाे भाेलेन्टियर समूहले अब ग्रामीण क्षेत्रमा समेत रक्तदान कार्यक्रम गरी जनचेतना फैलाउन थालेकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...