Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

महामारीजन्य राेग राेकथामको लागि पूर्व तयारी जरुरी : सराेकारवालाहरु

spot_img
spot_img

वीरगंज । स्वास्थ्य कार्यालय पर्साकाे आयाेजनामा आज महामारीजन्य राेगहरुकाे राेकथाम तथा निगरानीकाे लागि सराेकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

नारायणी अस्पतालमा भएकाे अन्तरक्रिया कार्यक्रममा वाेल्दै सराेकरवालाहरुले महामारीजन्य राेग राेकथाम तथा निगरानीकाे लागि पूर्व तयारी र नारायणी अस्पतालकाे स्तर उन्नति गर्न जरुरी रहेकाे वताएका छन् ।

नारायणी अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. अतुलेश कुमार चाैरसियाले महामारी राेकथामकाे लागि नारायणी अस्पतालकाे स्तर उन्नती गर्न जरुरी रहेकाे वताउनु भयाे । उहाँले २० बर्ष पहिला जुन अवस्थामा नारायणी अस्पताल थियाे अहिले पनि त्यहीं अवस्थामा रहेकाेले स्तर उन्नती गर्न जरुरी रहेकाे धारणा राख्नु भयाे ।

नारायणी अस्पताल कै डा. उदय नारायण सिंहले महामारी राेकथामकाे लागि पूर्व तयारी जरुरी रहेकाे वताउनु भयाे । उहाँले महामारी आउन सक्ने सम्भावनालाई ख्याल गरेर पूर्व तयारी गर्न जरुरी रहेकाे वताउनु भयाे । 

नारायणी अस्पतालका आकस्मिक कक्षका प्रमुख समेत रहेका डा. सिंहले भने “गाउँमा कुनै व्यक्तिलाई सर्प डाेसेकाे छ भने अस्पताल ल्याउन लग्दा आफुलाई खबर गर्नुस्, खबर गरेकाे खण्डमा बिरामी अस्पताल पुगेकाे समयमा यहाँ चिकित्सकाे टाेली तयारी गरेर राख्न सकिन्छ ।” 

त्यसाे गरिएकाे खण्डमा शर्प डाेसेकाे १०० प्रतिशत बिरामीलाई बचाउन सकिने उहाँले दाबी गर्नु भयाे ।

अन्तरक्रियामा सहभागि पालिकाका स्वास्थ्य संयाेजकहरु पहिलाे चरणकाे काेराेना महामारीकाे समयमा जिल्ला स्तरबाट समन्वय सहयाेग भए पनि दाेस्राे चरणकाे काेराेना महामारीकाे समयमा त्यसकाे तुल्ना कम भएकाे वताए ।

सखुवा प्रसाैनी गाउँपालिकाका स्वास्थ्य संयाेजक राजेश राैनियारले दाेस्राे चरणकाे काेराेना महामारीकाे समयमा नारायणी अस्पतालबाट भिटिएम किट माग्दा पनि उपलब्ध नभएकाे र पालिकाले आफै खरिद गर्न चाहदा पनि बजारमा नपाएका कारण समस्या भएकाे वताए ।

त्यसैले महामारीजन्य राेग राेकथामकाे लागि जिल्ला स्तरबाट समन्वय सहयाेग र पूर्व तयारी जरुरी रहेकाे वताए ।

स्वास्थ्य कार्यालय पर्साका निमित प्रमुख नवलकिशाेर साहकाे अध्यक्षता र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुरले गरेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...