Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026

लकडाउनले फेरि हाँस्न थालेको मेरो दोलखा

-श्रीषा बस्नेत

- Advertisement -

अहिलेको अवस्थामा हेर्ने हो भने एक दिन पनि मानिसहरुलाई बाच्न निकै कठिन बनाएको छ, आर्थिक अवस्था निकै कमजोर भएको पनि भेटिएको छ। मान्छेहरुलाई अहिले के पिर छ भने बाँचियो भने के खाएर बाच्ने त ? कसरी बाच्ने त ? यो कुराले मानिसमा धेरै मानसिक समस्या आएको छ । मानिसहरु सहरबाट आफ्नो गाऊ फर्किएका छन् । दोलखा जिल्लामा पनि यस्तै भएको छ। सहरमा भोकमरीले मर्नु भन्दा आफ्नो गाँउमा सिस्नु र ढिँडो खाएर बाचिन्छ भनेर पनि मान्छे गाउँ फर्केका छन् । गाउँघरमा चिसो हावा, हरियाली र आफनो परिवारसँग बस्न पाउँदा मानिसहरु निकै खुशी छन् । दोलाखा बासीहरु अहिले आत्मनिर्भर भएको पाइएको छ।

गाउँगाउँमा सडक पुगेको हुनाले मानिसहरुले धेरै सुविधा पाएको छन् र आफैमा अचम्मित छन्। हुन त लामो समयदेखि काठमाडौ बस्दै आएका मान्छेहरु पनि अहिले गाउँ फर्केका छन् र गाउँका मानिसहरु पनि अचम्म परेका छन् । यसैगरी अहिले लकडाउनले मानिसलाई कृषि तिर आकर्षित गरेको पाइएको छ। बर्षौ बर्षौदेखि छोड्दै आएको बाँझो खेतबारी समेत अहिले मानिसले अन्न रोपेर निकै सुन्दर देखिएको छ। मानिसलाइ अहिले खेतमा धान रोप्न र बारीमा मकै र कोदो रोप्नमा भन्दा अरु काममा फुर्सद नै छैन ।

१२ बर्ष, १५बर्षदेखि बाजो खेतबारि अहिले दिन कटाउनको लागि भएपनि अन्नपात गरेका छन् । भोकमरीले मरिन्छ भनेर होला अहिले मानिसहरु कृषिमा एकदमै लागि परेको भेटिन्छ । सबै गाउँगाउँमा सडक गएर होला मानिसलाई पैसा कमाउन ग्राहाे छैन । यति सम्म भेटिएको छ कि एउटा महिलालाई अहिले घर खर्च चलाउन ग्राहाे भएको छैन । मानिसले मौषम अनुसारको तरकारीहरू लगाएर बेच्न पाएका छन् । लकडाउनमा घर आएका मानिसहरु अहिले आफनै घर वरिपरि तरकारिहरु लगाएर अर्गानिक उत्पादन गर्न थालेका छन् र धेरै भएको तरकारिहरु बेच्ने नि गरेका छन् । तिनिहरु भन्छन कि तरकारि किनेर खानुपरेको छैन, तरकारि किन्ने पैसा जोगिएको छ र हामी एकदम खुशी छौ र २/४ पैसा भएनि कमाएका छौ ।

उनीहरूले दोलखाको सदरमुकाम चरिकोटमा र आफनो घर नजिक बजार तिर आफूले फलाएका तरकारिहरु बेच्ने गरेका छन् । मानिसहरु एकदम खुसि छन् । सामान्यतया भन्नुपर्दा छोरी बुहारीलाई घर चलाउन ग्राहाे भएको छैन भन्नुभएको छ । घरमा खर्च माग्नुपर्थ्यो भने अहिले परेको छैन। पहिला मिठो खान , राम्राे लगाउन ग्राहाे हुन्थ्यो भने अहिले आफुले नि राम्राे लगाउन खान पाएका छौँ र घर परिवारलाइ नि मिठो खान दिन पाएका छौँ, छोरा छोरिलाई नि राम्राे स्कुलमा पढलउन पाएका छौँ र निकै खुशी छौँ । कतै जानु पर्यो भने नि सोच्नु पर्थ्यो, पैसा माग्नु पर्थ्यो तर अहिले त्यो छैन र घरमा नि निकै सहयोग पुगेको छ।

यसैगरि हराउँदै गएको लोकल कुखुरा समेत अहिले मज्जाले पालिन्छ । अहिले गाउँ गाउँमा प्रत्येक घरमा भेटिन्छ । अरुबेला किनेर खानुपर्थो भने अहिले आफैले पालेर आफुलाइ नि भयो र बेच्न पनि मिल्यो । २/४ पैसा पनि कमाइ भयो । मानिसहरू काठमाडौमा बस्दै आएको परिवार भाडा तिर्नु परेको अहिले आफ्नो घरमा परवारसँग बस्न पाउदा र घरमै बसेर अलि अलि पैसा कमाउन पाउदा दंग परेका छन् । सरकारले कृषि क्षेत्रमा धेरै नै सहयोग गरेको पाइन्छ । धेरै थरिको कृषि अनुदानहरु दिएको पाइन्छ । जस्तैः बाख्रा पालन, भैसिपालन, कुखुरा पालन, मेल आदि ।

वडा वडाबाट धेरै थरिको कृषि सम्बन्धि तालिमहरु दिदै आएको छ । पहिला पहिला मेलको लागि टाढा टाढा पुगनुपर्थो भने अहिले तालिम लिएर घर नजिक मेल राखेर गाउँ सबैलाई सजिलो भएको छ र घर खर्च चलाउन निकै सजिलो भएको बताएका छन् । ६, ७ वटा भैसि पालेर दुध बेचेर घर व्यबहार चलाउन निकै सजिलो भनेर बताएका छन्। अनुदानले गर्दा मानिसको जिवन शैलिमा धेरै सुधार आएको छ । मानिसहरु चिसो हावा खादै काम गर्दै घर वरिपरि, गाउँ निकै हरियालि बनाएका छन् । सडक पुगेको हुनाले अहिले व्यापारिहरु गाउँगाउँमै तरकारीहरु खोज्दै हिडेको पाइन्छ ।

दोलखाको कतिपय ठाउँहरु नाङ्गो डाडो र बाजो खेतबारि थियो भने अहिले धानको बाला र मकै, कोदो उत्पादन भएको पाइएको छ। मानिसको स्वास्थ्यमा धेरै समस्या आउन थालेको हुनाले मान्छहरु अर्गानिक तर्फ लागेका छन् र सरकारले पनि सकेसम्म अर्गानिक खानु भनेर जानकारि दिदै आएको छ। किसानहरुले भन्नुभएको छ कि विदेश जानै पर्दैन, गर्न मन छ भने सरकार मा कृषिमा धेरै सहयोग गरेको छ। विदेशमा गर्ने दुख यहाँ २०% मात्र गर्ने हो भने हामिलाई बाँच्न खान मज्जाले पुग्छ ।

दशैँका लागि खसी बिका चहिन्छ र लकडाउनले गर्दा मानिसहरुले घरमा खसि बोका पालेर दशैँ खर्च उठ्छ भनेका छन् र दशैँ खर्च नि जोगिन्छ भनेका छन् । दशै तिहार को लागि लाग्ने फुलहरु किन्नुपर्थो भने अहिले घरवरिपरि टन्न फुल लगाएर फुलमा लाग्ने खर्च नि जोगिन्छ भनेका छन् र घर वरिपरिका सुन्दर फुलले घर नि निकै सुन्दर बनाएको छ। अहिले गाउँमा पनि धेरै बिकास हुदै गएको छ। जस्तो जे भएपनि मानिसहरु आत्मनिर्भर हुन सिक्दै छन्। ठुलो ठुलो लगानीमा भैसि पालन, बाखा पालन, कुखुरा पालन आदिले धेरैले आफ्नै गाँउघरमा रोजगार पाएका पनि छन्। लकडाउनको बेलामा दोलखा जिल्लामा धेरै नयाँ पर्यटकिय स्थलहरु बन्दै छन् जसमा युवाहरुले समेत रोजगार पाएका छन् जसले गर्दा काम गर्ने मानिसहरुलाइ लकडाउनको बेलामा भोकमरीको सिकार बन्नु परेको छैन्।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पुजा पुस्तकले अभिभावकलाई छुट दिदैन तर विद्यालयलाई कमिशन दिन्छ

वीरगंज । वीरगंजका अभिभावकहरूले न्यु पुजा पुस्तक पसलले निजी विद्यालयका पाठ्यपुस्तक बिक्रीमा अभिभावकलाई कुनै पनि छुट नदिने गरेको गुनासो गरेका छन् । अभिभावकहरूका अनुसार वीरगंजका...

पोखरियामा बैश्य समाजकाे नगर समिति गठन

पोखरिया । पर्साको पोखरियामा सम्पन्न एक भेलाले बैश्य समाज पोखरिया नगर समिति सर्वसम्मत रूपमा गठन गरेको छ। कुल ९ सदस्यीय समिति गठन गरिएको हो। समितिको...

वीरगंज महानगरले भन्याे : आइतबार विद्यालय नखाेल्नु र किताब–ड्रेस बिक्री नगर्नु

वीरगंज । वीरगंज महानगरपालिकाले आइतबारका दिन पठनपाठन पूर्ण रूपमा बन्द गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ । संघीय सरकारले सरकारी कार्यालयसहित शिक्षण संस्थाहरू हप्तामा दुई...