Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

जुलाई २७ बाट अक्षयको ‘बेल बटम’ हलमा रिलिज हुने

spot_img
spot_img

बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’को प्रदर्शन मिति पक्का गरिएको छ । उसो त यसअघि पनि यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोनाको दोश्रो लहरका कारण चलचित्र रिलिज हुन सकेन ।

अब, यसको निर्माणपक्षले चलचित्रलाई आगामी महिनाबाट रिलिज गर्ने तयारी गरेको छ । यो चलचित्र जुलाई २७ तारिखबाट हलमा नै रिलिज हुने तय भएको छ । नायक अक्षय कुमार र यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गर्दै हलमा नै चलचित्र रिलिज हुने घोषणा गरेको हो ।
.

भारतमा अझै पनि केही राज्यमा लकडाउन छ । केही राज्यमा भने लकडाउन खुकुलो पार्दै लगिएको छ । दोश्रो चरणको कोरोना भाइरसको संक्रमणपछि विस्तारै भारतका विभिन्न राज्यहरु लयमा फर्किने तयारीमा छन् ।

अक्षय कुमार, वाणी कपुर अभिनित यो चलचित्र जुलाई २७ मा हलमै रिलिज भएको खण्डमा यसले बलिउडलाई पनि लयमा फर्काउन मद्दत गर्नेछ । यो चलचित्रका लागि ओटीटी प्लेटफर्मबाट पनि आकर्षक मुल्यमा खरिदको अफर आएको थियो । तर, चलचित्रका निर्माता बासु भगनानी र नायक अक्षय कुमारले हलहरुलाई लयमा फर्काउनका लागि चलचित्रलाई हलमै रिलिज गर्ने सोच बनाएका थिए । सोही अनुसार, यो चलचित्र अब जुलाई २७ बाट हलमै रिलिज हुने भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...