Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

कंगनाको पासपोर्ट नविकरण गर्न विभागले मानेन, अदालत पुगिन् नायिका

spot_img
spot_img

एजेन्सी । नायिका कंगना रनावत गतबर्षदेखि निरन्तर विवादमा छिन् । उनले दिएका बयानका कारण उनले समस्या पनि झेल्नु परिरहेको छ । गतबर्ष बीएमसीले कंगनाको मुम्बइमा रहेको अफिस भत्काइदिएको थियो । एकपटक फेरि कंगना समस्यामा परेकी छिन् । यसपटक, उनी पासपोर्ट नविकरण नभएपछि अदालत पुगेकी छिन् ।

पासपोर्ट विभागले कंगनाको पासपोर्ट नविकरण गर्न नमानेको हो । एक चलचित्रको छायांकनका लागि उनलाई वुडापेष्ट जानुपर्नेछ । कंगनाको पासपोर्टको समय सेप्टेम्बरमा सकिदैछ । यसैले, उनले पासपोर्ट नविकरणका लागि अपिल गरेकी थिइन् । तर, कंगनाको नाममा बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको छ । सोही, एफआइआरका कारण पासपोर्ट विभागले उनको पासपोर्ट नविकरण गर्न अस्विकार गरेको हो ।

जुन १५ देखि कंगनालाई बुडापेष्टको यात्रा गर्नुपर्नेछ । तर, पासपोर्ट नविकरण नभएपछि कंगनाले अदालतमा उजुरी दिदै आफू एक नायिका भएका कारण छायांकनका लागि विभिन्न देशमा जानुपर्ने भएकाले पासपोर्ट नविकरणका लागि अपिल गरेकी हुन् । उनले, एफआइआरलाई कारण देखाउँदै पासपोर्ट नविकरणको अधिकारमा संझौता नगर्न पनि उजुरीमा उल्लेख गरेकी छिन् । कंगनाको उजुरीको सुनुवाई जुन १५ तारिखमा हुनेछ ।

गतबर्षको अक्टुबर १७ तारिखमा कंगनाले विभिन्न धार्मिक समुहविच दुश्मनी बढाउनका लागि सहयोग गरेको भन्दै उनीविरुद्ध एफआइआर दर्ता गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...