Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

निषेधाज्ञामा पनि जानकीटाेला नाका भएर खुल्याम तस्करी, तस्बिर लिने पत्रकारमाथी अभद्र व्यवहार

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रामिण भेगकाे जानकी टाेला नाकाबाट निषेधाज्ञामा पनि खुल्याम तस्करी भइरहेकाे छ । सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुर र प्रहरी चाैकी जानकी टाेलाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे प्रत्यक्ष रुप मै देख्न पाइन्छ ।

निषेधाज्ञाकाे साथ साथै सिमानाका समेत बन्द रहेपनि सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ र प्रहरी चाैकी जानकी टाेलाका प्रहरी नायब निरिक्षक (सई) बसन्त थापाकाे मिलाेमताेमा खुल्याम तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् । 

तस्करी गराए वापत दुबै प्रहरी इन्चार्जहरुले ठूलाे रकम नजराना बुझ्ने गरेकाे स्थानियहरुकाे भनाई छ ।

निषेधाज्ञामा पनि साे नाकाबाट खुल्याम तस्करी भइरहेकाे समाचार प्रकाशनमा आएपछि स्थलगत रिपाेर्टिङकाे लागि पुगेका पत्रकार श्याम पासवानमाथी प्रहरीद्वारा अभद्र ब्यवहार भएकाे छ ।

जानकी टाेलाकाे दसाैतास्थित डियुटीमा खटेकाे सशस्त्र प्रहरी बेस क्याम्प भिखपुरका प्रहरी हवलदारले पत्रकार पासवानसंग अभद्र व्यवहार गरेका हुन् ।

पत्रकार पासवानले साे क्षेत्रमा भइरहेकाे तस्करीकाे भिडियाे र फाेटाे लिएका थिए । साेही ठाउँस्थित डियुटीमा खटेकाे सशस्त्र प्रहरी हवलदारले सुरुमा पत्रकार पासवानसंग ब्लु बुक, लाइसेन्स र आईडी कार्ड मागेका थिए । प्रहरीले मागेकाे सबै थाेक पत्रकार पासवानले देखाएपछि उनकाे माेबाईल मागेर अभ्रद व्यवहार गर्दै उनले लिएकाे फाेटाे र भिडियाे डिलेट गरेका थिए ।

सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरका प्रहरी निरिक्षक किस्मान तामाङ कै निर्देशनमा आफुमाथी अभद्र व्यवहार भएकाे पत्रकार पासवानले आराेप लगाए ।

त्यसपछि पुन: पत्रकार पासवानलाई प्रहरी चाैकी जानकी टाेलाले राेकेर अभद्र व्यवहार गर्दै केही समय नियन्त्रणमा राखेकाे थियाे । डियुटीमा रहेकाे प्रहरीले मागेकाे ब्लु बुक, लाइसेन्स र आईडी कार्ड देखाउदा पनि आधि घाँटा सम्म राेकेका थिए । पछि आफुले प्रहरी नायब निरिक्षक बसन्त थापालाई फाेन गरेपछि आफुलाई छाेडिएकाे पत्रकार पासवाले वताए ।

पत्रकार पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष समेत हुन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...