24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्सामा काेराेना संक्रमित निरन्तर घट्दै

वीरगंज । पर्साका ३ सहित थप १० जनामा शनिबार काेराेना भाइ‍रस संक्रमण पुष्टि भएकाे छ । 

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा ९६ जनाकाे आरटी पिसिआर विधिबाट परिक्षण गर्दा १० जनामा काेराेना संक्रमण देखिएकाे नारायणी अस्पतालका काेभिड फाेकल पर्सन डा. सराेज राेशन दासले वताए । संक्रमित हुनेहरुमा पर्साका ३ जना, बाराका ३ जना, राैतहटका एक जना, सर्लाहीका एक जना र महाेतरीका २ जना रहेकाे उनले जानकारी दिए ।

संक्रमित हुनेमा ३ जना महिला र ७ जना पुरुष रहेका छन् । संक्रमितहरु ३३ बर्षदखी ९५ बर्ष उम्मेर समुहका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु २३.३ देखी ३५ सम्म रहेकाे छ ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ८, १७ र सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ का एक/एक जना संक्रमित भएका छन् ।

यस्तै, बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १, ३, काेल्भि ६ का एक/एक जना संक्रमित भएका छन् ।

यस अघि शुक्रबार नारायणी अस्पतालकाे प्रयाेगशालामा ९६ जनाकाे आरटी पिसिआर विधिबाट परिक्षण ९ जनामा मात्र काेराेना संक्रमण पुष्टि भएकाे थियाे । संक्रमित पुष्टि भएका मध्ये पर्साका ४ जना, बाराका ३ जना, राैतहट र सर्लाहीका एक/एक जना थिए ।

यस्तै, बिहिबार नारायणी अस्पताल मै १४२ जनाकाे परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएकाे थियाे । संक्रमित हुनेमा पर्साका १४ जना, बाराका ६ जना, राैतहट र सर्लाहीका एक/एक जना थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.616 sec. Memory consumption:81.44 mb