Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

अभिनेत्री जुही चावलालाई २० लाख जरिवाना

spot_img
spot_img

मुम्बई । अभिनेत्री जुही चावला २० लाख जरिवानामा परेकी छन् । ‘फाइभ जी’ मामलामा दिल्ली हाइ कोर्टले उनलाई यो जरिवाना तोकेको हो । जुहीले ‘फाइभ जी’को विरुद्धमा दिल्ली हाइकोर्टमा एक याचिका दायर गरेकी थिइन् । जसमा उनले ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन् । जसको फैसला हालै दिल्ली हाइ कोर्टले सुनाएको छ ।

कोटले जुहीको विपक्षमा फैसला गर्दै २० लाख जरिवाना समेत सुनाएको हो । कोटले जुहीको याचिका खारेज गर्दै भनेको छ, ‘याचिका कर्ताले कानुनी प्रक्रियाको गलत प्रयोग गरेको छ । यस्तो लाग्छ यो प्रचार पाउन गरिएको हो । किनभने याचिका कर्ता जुहीलाई पनि थाहा छैन कि उनको याचिका तथ्यमा आधारित नभएर कानूनी सल्लाहमा आधारित रहेको छ ।

पब्लिसिटी पाउन र कोर्टको समय दुरुपयोग गरेको कारणले उनलाई जरिवाना गरिएको छ ।’ जुहीले कोर्टमा याचिका कर्ताको तर्फबाट तिर्नु पर्ने कोर्टको पुरै फिस डेढ लाख समेत तिरेकी छैनन् । कोर्टले एक साता भित्र उक्त पिस तिर्न समेत निर्देशन दिएको छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पतालमा बिरामीको मृत्युपछि आकस्मिक कक्षमा तोडफोड, तनावग्रस्त अवस्था

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन् । वीरगंज महानगरपालिका–२५ का...

बोरिङ–मोटर जडान कार्यको भुक्तानीमा ७ लाख ५० हजार घुस लिने डिभिजन प्रमुखसहित दुई पक्राउ

वीरगंज । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार...

पर्सागढीमा रास्वपाद्वारा रक्तदान, सांसद कानुसहित ६० जनाले गरे रक्तदान

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर समिति, पर्साको आयोजनामा शनिबार पर्सागढी नगरपालिका–३ बढनियारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पर्सा निर्वाचन...