Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

नारायणी अस्पतालमा उपचाररत दुई काेराेना संक्रमितको मृत्यु

वीरगंज । नारायणी अस्पताल वीरगंजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

- Advertisement -

नारायणी अस्पतालमा उपचाररत वीरगंज महानगरपालिकाको वडा नं. १४ ओम आश्रम निवासी ४० बर्षिय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए ।

जेठ १४ गते पिसिआर पोजिटिभ देखिएको पुरुषलाई जेठ १७ गते नारायणी अस्पतामा भर्ना गरिएको थियो भने उनको उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको डा. सिंहले जानकारी दिए ।

गम्भिर किसिमको निमुनिया लगायतको स्वास्थ्य समस्या उनमा देखिएको थियो ।

यस्तै, नारायाणी अस्पतालमै उपचाररत बाराको कोल्भि नगरपालिका निवासी ५० बर्षिय पुरुष संक्रमितको पनि मृत्यु भएको छ ।

जेठ ६ गते कारोना पोजिटिभ भएका पुरुषलाई जेठ १५ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो भने उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ओलीको रिहाइ माग्दै एमालेद्वारा देशभर ज्ञापनपत्र, पर्सामा मोटरसाइकल र्‍याली

वीरगंज । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। एमालेले आइतबार ७७ वटै जिल्ला...

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। सिआइबीका...

दुसाद समाजको नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी टोलमा अन्तर्राष्ट्रिय दुसाद समाजको पहलमा नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पासवान...