Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

बिना परिक्षण औषधी चलाउने स्वास्थ्यकर्मीलाई कारबाही हुने

spot_img
spot_img

वीरगंज । पर्सामा बिरामीको चेकजाँच नगरी अनावश्यक औषधी चलाउने स्वास्थ्यकर्मीलाई कारवाही गरिने भएको छ । जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीको अध्यक्षतामा पर्साका विभिन्न पालिकाका प्रमुख र प्रतिनिधि, राजनीतिक दलका प्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको बैठकले यस्तो निर्णय भएको हो ।

यस्तै, बैठकले महामारी र निषेधाज्ञाको बहानामा बिरामीको अनावश्यक चेकजाँच गरी थुप्रै औषधी दिएर ठगी गर्ने स्वास्थ्यकर्मीलाई पनि कारवाही गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति पर्साको सभा हलमा बसेको बैठकले मेडिकलमा जाने बिरामीको ज्वरो, बिपि, अक्सिजन परीक्षण गरी अभिलेख राखेर सम्बन्धित स्थानीय तहको नजिकैको स्वास्थ्य संस्थालाई उपलब्ध गराउनु पर्ने निर्णय भएको जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले जानकारी दिए ।

यस्तै, बैठकले सामान्य ज्वरो तथा खोकी लाग्दा बिना परिक्षण औषधी नदिन पनि स्वास्थ्यकर्मीलाई अनुरोध गरेको छ । मेडिकलहरुले रगतको परीक्षण नगरी टाइफाइड भएको भन्दै एन्टीबायोटिक औषधी दिँदा बिरामीको शरीरमा रियाक्सन भई थप समस्या निम्तिने भएकाले यस्तो निर्णय लिइएको सभापति अन्सारीले बताए । बैठकले सम्पूर्ण स्थानीय तहहरुले स्वास्थ्य प्रोटोकल अनिवार्य रुपमा पालना गर्न र गराउने निर्णय गरेको छ । यस्तै, कोरोनको चेक बे्रक गर्न सम्पूर्ण स्थानीय तहरुले एन्टिजेन परिक्षण, केस इन्भिेष्टिगेसन र कन्ट्याक्ट टेसिगं व्यापक गर्नुपर्ने निर्णय भएको जिसस पर्साका सभापति अन्सारीले जानकारी दिए । यी सबैको कुराको अनुगमन गर्न जिससको नेतृत्वकोे टोली आइतबारदेखि हरेक स्थानीय तहमा जाने सभापति अन्सारीले बताए ।

बैठकमा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार जैसवाल, धोविनी गाउँपालिकाका अध्यक्ष सुरेश कुर्मी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख टीका प्रसाद पोखरेल, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. उदयनारायण सिंह, नेपाली कांंग्रेस पर्साका सभापति अजय दुवेदी, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...