Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

सखुवाप्रसौनीले खोप खरिदको लागि सरकारसंग माग्यो अनुमती

spot_img
spot_img

वीरगंज। पर्साको सखुवाप्रसौनी गाउँपालिकाले कोरोना भाइरस विरुद्धको खोप खरिदको लागि नेपाल सरकारसंग अनुमति माग गरेको छ । गाउँपालिका अध्यक्ष प्रदिप कुमार जयसवालले शुक्रबार नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र लेख्दै खोप खरिद तथा प्रयोगको लागि अनुमति मांग गरेका हुन् । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट सुरक्षित रहने अन्तिम विकल्प खोप मात्रै देखिएको हुँदा गाउँपालिकाका जनतालाई खोप लगाउनका लागि गाउँपालिकाले १५ हजार डोज खोप खरिद गर्ने योजना बनाएको छ ।

खोप खरिदका लागि अनुमति दिन र खरिद प्रक्रियाका लागि आवश्यक प्रशासनिक तथा प्राविधक सहयोग उपलब्ध गराउन पनि पत्रमार्फत गाउँपालिका अध्यक्ष जैसवालले स्वास्थ्य मन्त्रालयसंग आग्रह गरेका छन् । अध्यक्ष जससवालले अनुमति प्राप्त भएमा नेपाल सरकारले तोकेको मापदण्डभित्र रही खरिद गर्ने र सोहीबमोजिम खोप सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पछिल्लो समयदेखी दोस्रो चरणको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको महामारीले भ्याव रुप लिएपनि सरकारले सबै नागरिक सहज रुपमा कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन नसकेपपछि आफै खोप खरिदका लागि सरकारसंग अनुमति मांग गरिएको अध्यक्ष जयसवालले बताए ।

कोरोना भाईरसको विभिन्न स्वरुपहरु परिवर्तन हुँदै आएको र पहिलो भन्दा दोस्रो खतरनाक, दोस्रोभन्दा तेस्रो झन खतरनाक भाईरस भएको बैज्ञानिकहरुले समेत चेतावनी दिएको अवस्थामा खोप मात्रै विकल्प देखिएकोले आफ्ना नागरिकको सुरक्षाका लागि अफै अग्रसर भएर खोप खरिद गर्न लागिएको अध्यक्ष जयसवालले कालिका टाईम्सलाई बताए । सखुवा प्रसौनी गाउँपालिकामा हालसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भईसकेको छ ।

गाउँपालिकाले आफै ९३ जनाको एन्टिजोन परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गाउँपालिकाले वडा नं. ५ महुवनस्थित स्वास्थ्य चौकीमा कोरोना संक्रमितको उपचारको लागि आईसोलेशन संचालनमा ल्याएको छ । सो आईसोलेशनमा १५ जना भर्ना भएकोमा हालसम्म ८ जना निको भई घर फर्किसकेका छन् । हाल २ जना उपचाररत रहेका छन् भने ५ जनलाई रेफर समेत गरिएको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...