Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

आदर्श मिश्राका बुबाको मृत्यु प्रकरणः आदर्श र चिकित्सकबिच आरोप प्रत्यारोप, दोषी को ?

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सकको लापरवाहीका कारण आफुले बुबा गुमाउनुपरेको आदर्श मिश्राले आरोप लगाएका छन् । नारायणी अस्पतालमा डायलिसिस मेशिन बिग्रियो भनेर सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै बरिष्ट चिकित्सक डा. निरज सिँहले डायलिसिस मेशिन राम्रो छ भनेर सामाजिक सञ्जालमा गरेको पोस्टप्रति मिश्राले आपत्ति जनाउँदै यस्तो आरोप लगाएका हुन । डा. सिँहको पोस्टलाई मिश्रले आफ्नो बुबाको हत्यालाई बचाउ गर्न अघि सरेको बुझेका छन् ।

‘मेरो बाबाको डायलिसिस गर्ने बेला कहाँ हुनुहुन्थ्यो ?’ भन्दै उल्टै मिश्रले प्रश्न गरेका छन् । उनले अगाडी थपे, ‘अनि ४ घण्टाको डायलिसिसलाई ३.३० त तपाईको आदेशबिना बनेन होला ! तपाई त प्रमुख हो हैन । हैन भने, युरिया २६० हुँदा डायलिसिसको समय घट्दैन हजुरले किन थाहा पाउनु भएन ? तपाईले निरिक्षण गर्ने हैन त्यो ?’ डायलिसिसको समय घटाईदिने र व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) नलगाई डायलिसिस गर्ने नर्स नादीया अन्सारीलाई पनि उनले बुबाको हत्याराको आरोप लगाएका छन् । बुबा बितेको ३ दिन नबित्दै उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सो आरोप लगाएका हुन् । यसअघि डा. निरज सिंहले सामाजिक सञ्जालमा पोस्ट लेख्दै फेसबुक र ट्वीटरमा हंगामा मच्चाउनुभन्दा सरकारको निर्देशन नमान्नेलाई कसरी मनाउनेतिर खर्च गर्दा राम्रो भनेका थिए । उनले सकारको निर्देशन नमान्ने भन्नाले नेशनल मेडिकल कलेजलाई ईंगित गरेका थिए ।
                                      उपचारमा कुनै लापरवाही भएको छैन : नारायणी अस्पताल
बारा जितपुर निवासी आदर्श मिश्राका बुबा बिनोद मिश्राको उपचारमा कुनै लापरवाही नभएको वीरगंजस्थित नारायणी अस्पतालले दाबी गरेको छ । नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उदयनारायण सिँहले एक प्रेस विज्ञप्ती जारी गर्दै अस्पताल प्रशासनले उपचारमा कुनै लापरवाही नगरेको उल्लेख गर्दै दाबी गरेका छन् ।

उनले विज्ञप्ती मार्फत नारायणी अस्पतालको बारेमा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा आइरहेका समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको बताउँदै पूरानो किड्नी सम्बन्धि रोगसँगै कोभिड, निमोनिया र युरेमिक एन्सेफलोपथीबाट समेत पिडित उनको बैशाख २८, जेठ ४ र जेठ १० गतेगरी ३ दिन डायलासिस गरिएको स्पष्ट पारेका हुन् ।

अवस्था अत्यन्तै चिन्ताजनक भएकाले आफन्तकै मागबमोजिम अन्यत्र रेफर गरिएको पनि जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल सरकारले जारी गरेको निर्देशनबमोजिम बिशिष्ट अस्पतालले बिरामीको डायलासिस स्वयमले गर्नुपर्ने भएपनि अरु अस्पतालबाट रेफर भई आएको अवस्थामा नारायणी अस्पतालमै क्षमताभन्दा बढी कोभिड संक्रमितको डायलासिस गराएकाले जेठ १० गते अन्य दिनको तुलनामा २ घण्टा बढी डायलासिस गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीअनुसार आदर्शका बुबाको डायलासिस गराएपछि सोही दिन अर्का एकजना सिकिस्त बिरामीको डायलासिस गरिएको थियो । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिँहले महामारीको समयमा पेशागतभन्दा पनि मानवताका हिसावमा स्वास्थ्य प्रदान गर्दै आएका चिकित्सकको मनोवल बढाउनुपर्नेमा अनावश्यक टिकाटिप्पणी गरी मनोवल घटाउने कार्य नगर्न आग्रह गरेका छन् ।
                                             व्यापक आलोचना पछि डा.सिंहले हटाए पोष्ट
मिश्रले आरोप लगाएका डा. सिँहले भने आफ्नो कुनै गल्ती नभएको भन्दै स्पष्ट पारेका छन् । भरतपुर लिएर जान आफुले सल्लाह नदिएको बताउँदै डा. सिँहले भने, ‘बीरगन्जमै बितेको भए हामी गल्ती स्विकार गर्न तयार हुन्थ्यौ । तर भरतपुरमा बितेका व्यक्तिको जिम्मा हामी कसरी लिन सक्छौ ?’ ‘मलाई जागिरसँग कुनै सरोकार छैन । कोभिड १९ को महामारीमा अग्रपंक्तिमा खटिएर कोभिड संक्रमितहरुको पनि डायलिसिस गर्ने जस्तो महत्वपूर्ण काम गर्दा पनि सामाजिक सञ्जालमार्फत मेरो चरित्र हत्या गर्ने काम भयो ।

यसमा मेरो घोर आपत्ति छ’, डा. सिँहले भने । मेरो व्यक्तित्वमाथी आँच आउने काम गर्नेमाथी नारायणी अस्पतालले कारवाही नगरे जागिर छोडेर देशैभरीका चिकित्सहरुको हड्ताल गरी आन्दोलन थाल्ने पनि डा. सिँहले चेतावनी दिएका छन् ।

डा. सिँहले पहिलो चरणको कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिएर देशव्यापी रुपमा चर्चा समेत बटुलेका थिए । यसैबिच सामाजिक सञ्जालमा दबाब बढ्दै गएपछि डा. सिंहले आफ्नो पछिल्लो फेसबुक पोष्ट डिलिट गरेका छन् । उनका पुराना पोष्टहरुमा पनि विभिन्न फेसबुक प्रयोगकर्ताहरुले आलोचनात्मक टिप्पणी लेखिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...