Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

हुण्डीको ५३ लाख ८० हजारसहित वीरगंजबाट २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ५३ लाख ८० हजार रकमसहति हुण्डी कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं. ६ निवासी २६ बर्षिय शिव आनन्द गुप्ता र वीरगंज–११ श्रीपुर निवासी बर्ष १९ को प्रकाश जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा वीरगंज– ८ पानीटंकीस्थित विपिसी क्याम्पस छेउमा डेरा गरी बस्ने शिव आनन्दसमेत २ जनाले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेकोमा बिहिबार विहान ११ बजे वीरगंज महानगरपालिकाको वडा नं.११ श्रीपुर बस्ने प्रकाश जैसवाललाई नियन्त्रणमा लिएको थियो । उनले बोकेको कालो झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२४ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसका साथै शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको रू.२९ लाख असी हजार थप फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

दुवै रकम गरी जम्मा नेपाली रू. ५३ लाख असी हजार बरामद गरी दुबै जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...