Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

हुण्डीको ५३ लाख ८० हजारसहित वीरगंजबाट २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ५३ लाख ८० हजार रकमसहति हुण्डी कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं. ६ निवासी २६ बर्षिय शिव आनन्द गुप्ता र वीरगंज–११ श्रीपुर निवासी बर्ष १९ को प्रकाश जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा वीरगंज– ८ पानीटंकीस्थित विपिसी क्याम्पस छेउमा डेरा गरी बस्ने शिव आनन्दसमेत २ जनाले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेकोमा बिहिबार विहान ११ बजे वीरगंज महानगरपालिकाको वडा नं.११ श्रीपुर बस्ने प्रकाश जैसवाललाई नियन्त्रणमा लिएको थियो । उनले बोकेको कालो झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२४ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसका साथै शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको रू.२९ लाख असी हजार थप फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

दुवै रकम गरी जम्मा नेपाली रू. ५३ लाख असी हजार बरामद गरी दुबै जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ। जिल्ला...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई...