Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जितपुरमा निर्माण भएकाे नाला उद्घाटन

spot_img
spot_img

रोशन गुप्ता/
जीतपुर । जीतपुर सिमरा उपमहानगरपालिका–७ जितपुरमा निर्माण भएकाे नाला उद्घाटन गरिएकाे छ । जितपुरकाे शान्ति टोलमा निर्माण भएकाे नालाकाे वडाध्यक्ष रामबाबु कलवारले रिवन काटेर उदघाटन गरेका थिए ।  

नाला उद्घाटन गर्दै वडाध्यक्ष कलवारले नाला निर्माणमा सहयाेग गरे जस्तै वडाले गर्ने बाटो निमार्णमा पनि टोल बासीहरुलाई सहयाेग गर्न आग्रह गरे ।

वडा स्तरीय बजेटबाट रु १० लाखकाे लागतमा ३०० मिटर नाला निमार्ण भएकाे नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष छोटे लाल साहले बताए । २०७७ फाल्गुन १३ गतेदेखी सुरु गरिएकाे नाला निमार्ण कार्य सम्पन्न भएपछि उद्घाटन गरिएकाे उनले जानकारी दिए ।

नाला निमार्ण गर्ने क्रममा नाला निमार्ण उपभोक्ता समितिहरुलाई धेरै दुविधा भएता पनि सबैको सहमतिमा नाला निमार्ण सम्पन्न भएकाे हाे । 

नाला उद्घाटन कार्यक्रममा वडा सदस्य मोहरम मंसुरी, युवा नेता राजेश गिरी, नाला निर्माण उपभोक्ता समितिका सदस्य निलम साह सोनार, बिरेन्द्र साह, सुख चन्द्र सिंह (थारु), पारस साह, पुनम साह लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...