Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

जितपुरमा निर्माण भएकाे नाला उद्घाटन

spot_img
spot_img

रोशन गुप्ता/
जीतपुर । जीतपुर सिमरा उपमहानगरपालिका–७ जितपुरमा निर्माण भएकाे नाला उद्घाटन गरिएकाे छ । जितपुरकाे शान्ति टोलमा निर्माण भएकाे नालाकाे वडाध्यक्ष रामबाबु कलवारले रिवन काटेर उदघाटन गरेका थिए ।  

नाला उद्घाटन गर्दै वडाध्यक्ष कलवारले नाला निर्माणमा सहयाेग गरे जस्तै वडाले गर्ने बाटो निमार्णमा पनि टोल बासीहरुलाई सहयाेग गर्न आग्रह गरे ।

वडा स्तरीय बजेटबाट रु १० लाखकाे लागतमा ३०० मिटर नाला निमार्ण भएकाे नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष छोटे लाल साहले बताए । २०७७ फाल्गुन १३ गतेदेखी सुरु गरिएकाे नाला निमार्ण कार्य सम्पन्न भएपछि उद्घाटन गरिएकाे उनले जानकारी दिए ।

नाला निमार्ण गर्ने क्रममा नाला निमार्ण उपभोक्ता समितिहरुलाई धेरै दुविधा भएता पनि सबैको सहमतिमा नाला निमार्ण सम्पन्न भएकाे हाे । 

नाला उद्घाटन कार्यक्रममा वडा सदस्य मोहरम मंसुरी, युवा नेता राजेश गिरी, नाला निर्माण उपभोक्ता समितिका सदस्य निलम साह सोनार, बिरेन्द्र साह, सुख चन्द्र सिंह (थारु), पारस साह, पुनम साह लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...