Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

स्थिति भ्यावह छ, संक्रमित मृत्युदर १४ प्रतिशत

spot_img
spot_img

आदरणीय सरोकारबाला माहानुभाब ज्यूहरु
प्रशासन, राजनितीकर्मी, नागरिक समाज, संचारकर्मी तथा सर्बसाधारण
निकै खिन्नता,पीडाका साथ लेख्दै छु ।
साच्चिकै यो देशमा सरकार र सरकारी निकायको काम कर उठाउनु र अख्तियारको दुरुपयोग गर्ने बाहेक केही पनि छैन । नागरिकले पाउनु पर्ने स्वास्थ्य जस्तो मौलिक अधिकार पनि आज नपाएको घट्नाहरु हुनु लाजमर्दो छ ।

संबिधानकै कुरा गर्ने हो भने, धारा ३५ मा त्यसको पनि उपधारा (ख) मा आकस्मिक सेवा निःशुल्क पाउने बारे स्पष्ट उल्लेख गरिएको छ तर अहिलेको माहामारीमा कति जनाले निःशुल्क सेवा पाएका छन ? हुने खानेले एम्बुलेन्स, हेलिकप्टरबाट महंगा अस्पतालमा उपचार गराएका छन भने अन्य मध्यम स्तरिय तथा निम्न स्तरका आम नागरिकहरु उपचारको लागि हार गुहार पर्ने अवस्था छ ।

हे नागरिक समाज र सरोकारवालाहरु स्थिति निकै नै संबेदनशिल छ, बाहिर देखिएको बिबाह, भोज भतेर र किनमेलको दृश्यहरु यथार्थ भन्दा निकै विपरित छ । अहिले समुदायमा कोभिड फैलिएको अवस्था भन्दा पनि भयावह छ ।

परिक्षण गराएका भन्दा, बिना परिक्षणका संक्रमितहरु कैयौं गुणाले बढी छन् । स्थितिको गम्भीरताले बुझ्न केही तथ्यले संकेत गर्छ । नारायणी अस्पतालमा हाल सम्म सक्रिय संक्रमित ५७ जना र शुक्रबारसम्म ८ जना (नारायणी अस्पतालको मात्र) को मृत्युु हुनु भनेको झन्डै १४% हो जुन आफैमा भयावह छ । त्यस बाहेक बिगत केही सातामा २ दर्जन भन्दा बढी बिरामीहरु विभिन्न निजि अस्पतालमा उलभगmयलष्ब जस्ता लक्षण लिएर मृत्यु भएको कुरा सोच्नै पर्ने हुन्छ ।

स्थिति कति संबेदनसिल छ भने वीरगंजका अधिकांश निजि अस्पतालको ष्कयबितष्यल भरिएको छ, नारायणी अस्पतालको ज्म्ग् र क्ष्ऋग् सतप्रतिसत ययअगउष्भम छ । निकायहरु मौन किन ? के सडकमा कोलहाल हेरेर मात्र ब्यब्स्थापन हुने हो ? संक्रमण दर घटाउने उपायहरु प्रभाब्कारिता साथ लागू गर्नु पर्छ । थप संक्रमितहरुको उपचारको लागि सैया तथा जनशक्तिको ब्यबस्थापन ढिलो भइसक्यो ? मृत्युदर घटाउन पनि प्रभाबकारी कदम चाल्नु पर्ने जरुरी छ ? वरिष्ठ, अनुभवी तथा बिज्ञहरुको सहयोग लिनु आवश्यक देखिन्छ । जाग जाग ! जागन जाग ! भो भयो, अति सुत्यौ अब त जाग !

लेखकः डा.उदय नारायण सिंह नारायणी अस्पतालका चिकित्सक एवम् नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...