Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

स्थिति भ्यावह छ, संक्रमित मृत्युदर १४ प्रतिशत

spot_img
spot_img

आदरणीय सरोकारबाला माहानुभाब ज्यूहरु
प्रशासन, राजनितीकर्मी, नागरिक समाज, संचारकर्मी तथा सर्बसाधारण
निकै खिन्नता,पीडाका साथ लेख्दै छु ।
साच्चिकै यो देशमा सरकार र सरकारी निकायको काम कर उठाउनु र अख्तियारको दुरुपयोग गर्ने बाहेक केही पनि छैन । नागरिकले पाउनु पर्ने स्वास्थ्य जस्तो मौलिक अधिकार पनि आज नपाएको घट्नाहरु हुनु लाजमर्दो छ ।

संबिधानकै कुरा गर्ने हो भने, धारा ३५ मा त्यसको पनि उपधारा (ख) मा आकस्मिक सेवा निःशुल्क पाउने बारे स्पष्ट उल्लेख गरिएको छ तर अहिलेको माहामारीमा कति जनाले निःशुल्क सेवा पाएका छन ? हुने खानेले एम्बुलेन्स, हेलिकप्टरबाट महंगा अस्पतालमा उपचार गराएका छन भने अन्य मध्यम स्तरिय तथा निम्न स्तरका आम नागरिकहरु उपचारको लागि हार गुहार पर्ने अवस्था छ ।

हे नागरिक समाज र सरोकारवालाहरु स्थिति निकै नै संबेदनशिल छ, बाहिर देखिएको बिबाह, भोज भतेर र किनमेलको दृश्यहरु यथार्थ भन्दा निकै विपरित छ । अहिले समुदायमा कोभिड फैलिएको अवस्था भन्दा पनि भयावह छ ।

परिक्षण गराएका भन्दा, बिना परिक्षणका संक्रमितहरु कैयौं गुणाले बढी छन् । स्थितिको गम्भीरताले बुझ्न केही तथ्यले संकेत गर्छ । नारायणी अस्पतालमा हाल सम्म सक्रिय संक्रमित ५७ जना र शुक्रबारसम्म ८ जना (नारायणी अस्पतालको मात्र) को मृत्युु हुनु भनेको झन्डै १४% हो जुन आफैमा भयावह छ । त्यस बाहेक बिगत केही सातामा २ दर्जन भन्दा बढी बिरामीहरु विभिन्न निजि अस्पतालमा उलभगmयलष्ब जस्ता लक्षण लिएर मृत्यु भएको कुरा सोच्नै पर्ने हुन्छ ।

स्थिति कति संबेदनसिल छ भने वीरगंजका अधिकांश निजि अस्पतालको ष्कयबितष्यल भरिएको छ, नारायणी अस्पतालको ज्म्ग् र क्ष्ऋग् सतप्रतिसत ययअगउष्भम छ । निकायहरु मौन किन ? के सडकमा कोलहाल हेरेर मात्र ब्यब्स्थापन हुने हो ? संक्रमण दर घटाउने उपायहरु प्रभाब्कारिता साथ लागू गर्नु पर्छ । थप संक्रमितहरुको उपचारको लागि सैया तथा जनशक्तिको ब्यबस्थापन ढिलो भइसक्यो ? मृत्युदर घटाउन पनि प्रभाबकारी कदम चाल्नु पर्ने जरुरी छ ? वरिष्ठ, अनुभवी तथा बिज्ञहरुको सहयोग लिनु आवश्यक देखिन्छ । जाग जाग ! जागन जाग ! भो भयो, अति सुत्यौ अब त जाग !

लेखकः डा.उदय नारायण सिंह नारायणी अस्पतालका चिकित्सक एवम् नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव हुन ।

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...