Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

कोरोना संक्रमित र सामान्य विरामीको एकै ठाउँमा उपचार

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा कोरोना संक्रमित र अन्य सामँन्य विरामीको एकै ठाउँमा उपचार गर्ने गरिएको छ । अस्पतालको व्यवस्थापनमा कमजोरी, जनशक्ति तथा ठाउँको अभावमा आकस्मिक कक्षमै कोरोना संक्रमित र सामान्य विरामीहरुको उपचार एकै ठाउँमा भइरहेको छ ।

चैत्रको दोस्रो सातादेखि वीरगंजलगायत पर्सा जिल्लामा संक्रमितहरुको संख्या तीब्र रुपमा बढ्दै गइरहेको अवस्थामा सामान्य विरामीको पनि कोरोना संक्रमितहरुसँगै उपचार भइरहेको कारण संक्रमण फैलिने जोखिम बढेको छ ।

कोरोना पुष्टि भएका विरामीसँगै आएका कुरुवासमेत विरामीसँग बसेर उनको उपचारमा चाहिने सामान एवं चेकजाँचका लागि स्वाब ल्याउने, लैजाने, खुलेआम अस्पताल परिसरमा घुम्ने गरेका कारण पनि अस्पतालबाटै संक्रमण फैलिने जोखिम बढेको हो । कोरोनाको आशंका गरिएका विरामीहरुलाई आकस्मिक कक्षमा राखेर स्वाब संकलन गर्ने, परीक्षण गर्ने एवं पुष्टि भएपछि मात्रै आइसोलेशनमा लैजाने गरिएको छ । तर, त्यसभन्दा अघि औपचारिक रुपमा संक्रमण पुष्टि हुनु अगावै संक्रमितका कुरुवामार्फत् अस्पतालका अन्य विरामीमा पनि संक्रमण फैलिरहेको छ ।

कोरोना संक्रमितको उपचारका लागि नारायणी अस्पतालमा बनाइएको २५ वेडको आईसीयूमा संक्रमितहरु बढ्दै गएको कारण तत्काल आउने विरामीहरुलाई आकस्मिक कक्षमै राखेर चेकजाँच एवं उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. एनामुल हकले जानकारी दिए । उनका अनुसार आकस्मिक कक्षलाई विभिन्न भागमा बाँडफाँड गरेर संक्रमणको आशंका गरिएका विरामीलाई एउटा क्याविनमा र अर्को क्याविनमा अन्य विरामीहरुको उपचार भइरहेको जानकारी दिए ।

पानी एवं विरामीहरुलाई चाहिने सामानहरु ल्याउनका लागि संक्रमितहरु पनि आकस्मिक कक्ष बाहिर खुलेआम घुम्ने गरेका छन् । बजारमा मास्क नलगाउनेहरुलाई कारवाही प्रक्रिया थालिएको अवस्थामा संक्रमितहरुको उपचार गर्ने अस्पताल नै व्यवस्थित हुन नसक्दा अस्पतालबाटै संक्रमण फैलिरहेको छ । अस्पताल परिसरमा जथाभावी औषधिजन्य पदार्थहरु पनि फाल्ने गरिएको कारण पनि अन्य विरामी पनि उपचारका लागि त्यहाँ गए संक्रमित हुनसक्ने सम्भावना बढेको देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...