Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

व्यापारीहरुको लागत घटाउने र छिटो निकासी पैठारी हुने वातावरण बनाईएको छ : प्रमुख खत्री

लालबहादुर खत्री सुख्खा बन्दरगाह कार्यालय वीरगंजका प्रमुख हुन । उनी ६ महिना अघि कात्तिक १२ गतेदेखी सुख्खा बन्दरगाह(डूाईपोर्ट) कार्यालय वीरगंजको प्रमुखको कार्यभार समहालेका छन् । उनी आएको कात्तिक महिनामा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले पाएको लक्ष्यभन्दा १.५३ प्रतिशत बढि राजश्व संकलन गरेको छ । नेपाल सरकारको भन्सार विभागले ३ अर्ब ६ करोड ४८ लाख राजश्व संकलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ३ अर्ब ११ करोड १६ लाख राजश्व असुली गरेको छ । यस्तै सुख्खा बन्दरगाह कार्यालय वीरगंजले मंसिर महिनाको लक्ष्यभन्दा ३.६ प्रतिशत कम राजश्व संकलनमा गरेको छ । नेपाल सरकारको भन्सार विभागले मंसिर महिनाको राजश्व संकलन गर्न ३ अर्ब ७ करोड ६१ लाख लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले २ अर्ब ९६ करोड ५४ लाख मात्रै राजश्व संकलन गरेको थियो । यस्तै पौष महिनामा पाएको लक्ष्यभन्दा १.७ प्रतिशतले कम राजश्व असुली गरेको थियो । भन्सार विभागले ३ अर्ब २४ करोड ४३ लाख राजश्व संकलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ३ अर्ब १८ करोड ९० लाख राजश्व संकलन गरेको थियो । यस्तै सुख्खा बन्दगाह कार्यालय वीरगंंजले माघ महिनाको लक्ष्यभन्दा १३.८ प्रतिशत कम राजश्व संकलन गरेको थियो । भन्सार विभागले ४ अर्ब ४२ करोड ३० लाख राजश्व संकलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ३ अर्ब ८१ करोड २६ लाख मात्रै राजश्व संकलन गर्न सकेको थियो । यस्तै विभागले फागुन महिनामा दिएको लक्ष्यभन्दा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले १०.९ प्रतिशत कम राजश्व संकलन गरेको थियो । भन्सार विभागले ४ अर्ब ४१ करोड ७८ लाख राजश्व संकलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ३ अर्ब ९३ करोड ६० लाख राजश्व संकलन गरेको थियो । यस्तै अर्थ मन्त्रालयको भन्सार विभागले यस कार्यालयलाई चैत्र महिनामा दिएको लक्ष्यभन्दा २२.७९ प्रतिशत बढि राजश्व संकलन गरेको छ । भन्सार विभागले ३ अर्ब ९७ करोड १४ लाख राजश्व संकलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ४ अर्ब ८७ करोड ६६ लाख राजश्व संकलन गरेको हो । यी ६ महिनाको अवधीमा सुख्खा बन्दरगाह कार्यालय वीरगंजले पाएको लक्ष्यभन्दा १.०१ प्रतिशत कम राजश्व असुली गरेको तथ्याङ्कले देखाएको छ । अर्थात सुख्खा बन्दरगाह कार्यालय वीरगंजले ६ महिनामा लक्ष्यभन्दा ३० करोड ६२ लाख राजश्व कम असुली गरको छ । यो सहित सुख्खा बन्दरगाह कार्यालय (ड्राईपोर्ट) बाट हुने कारोबारको विषयमा केन्द्रित रहेर सुख्खा बन्दरगाह कार्यालय वीरगंजका प्रमुख लालबहादुर खत्रीसंग कालिका टाईम्सको लागि बलिराम यादवले गरेको कुराकानीको सम्पादित अं शः 

- Advertisement -

१) वर्तमान समयमा सुख्खा बन्दरगाह (ड्राईपोर्ट) कार्यालय वीरगंजबाट हुने कारोबारको अवस्था कस्तो छ ?

कोरोना महामारी (कोभिड(१९) को कारण अन्य नाकाहरु जस्तै यहाँ पनि असर परेको छ । तर यो नाकामा अन्य देशहरु (तेस्रो मुलुक)को पनि व्यापार हेर्ने भएकोले खासै असर परेको छैन । अन्य मुलुकहरुबाट हुने कारोबार निरन्तर भईनै रहेको छ ।

२) सुख्खा बन्दरगाह(ड्राईपोर्ट) कार्यालय वीरगंज भएर आयात निर्यात हुने कस्ता कस्ता कारोबार बढि हुन्छ ? बताईदिनुस् न !

ड्राईपोर्ट भन्सार कार्यालय भनेको सुख्खा बन्दरगाह कार्यालय पनि हो । हाम्रो देश भू–परिवेष्टिक राष्ट्र भएको हुनाले समुन्द्रसंग जोडिएको छैन । संमुन्द्रसंग नजोडिएको हुनाले विदेश (तेस्रो मुलुक) बाट जति पनि सामान आउँछ र नेपालबाट जति पनि सामान अन्तर्राष्ट्रिय व्यापार अन्तर्गत ति नाकाहरुमा जान्छन् त्यसको आयात र निर्यातको सम्पूर्ण विवरण यो कार्यालयमा हुन्छ र त्यसैको आधारमा भन्सार असुली गर्ने भएको हुनले यो कार्यालयले ठुलो–ठुलो संख्यामा जस्तै केराउ, मकै, गाडीहरु, ईलेक्ट्रोनिक्स, ईलेक्ट्रिक्स सामानहरु, औधोगिक कच्चा पद्धार्थहरु, फलाम आदी आयात गर्ने गर्दछ । त्यही अनुसारको आफ्नो क्षमता बमोजिमको नेपाली उत्पादनलाई तेस्रो मुलुकहमा पनि पठाउने गर्दछ ।

३) सुख्खा बन्दरगाहबाट हुने पहिलेको कारोबारको अवस्था र तपाई आईसकेपछिको अवस्थामा के फरक छ ?

समय अनुसार भन्सारमा सुधार हुने प्रकृया भई नै रहन्छ । अगाडी पनि कसटममा हुने व्यापार सहजीकरणसित सम्बन्धीत जति पनि अफ्ठ्यारा स्थितिहरु जस्तै कानुनी अड्चनहरु, प्रकृयासंग सम्बन्धीत अड्चनहरु त्यो सबै बाँधा र अड्चनहरु सुधार हुँदै गएको थियो र अहिले पछिल्लो दिनमा पनि हामी झन् व्यापारलाई सहजीकरण गराएका छौ र आशिकुँडाको प्रयोग गरेका छौ । आशिकुँडाको प्रयोग गरेपछि अटोमेशन एउटा औधोगिकरणको आधारमा र सबै काम विधुतिय माध्यमबाट सम्पन्न हुने व्यवस्था मिलाएर कसटमभित्रका प्रकृयालाई सुधार गरेका छौ । यसले व्यवसायीहरुको लागत घट्ने र छिटो छरिटो रुपमा निकासी पैठारीको व्यापार हुने अपेक्षा गरेका छौ ।

४) ठेकेदार र कर्मचारीको मिलेमतोमा तौल घटाएर बढि मालसामान लोड गरी गाडी पास हुने गरेको आरोप लाग्ने गर्छ ? यसमा के भन्न चाहनुहुन्छ ?

यस्तो कुरा मैले सुनेको छैन । अब होला कुनै ठाउँमा मान्छेहरुले बदमासी गर्दैनन् भने छैन । तर जहाँसम्म यो कार्यालयको कुरा छ यहाँ त्यसतो खालको कुनै पनि कुरा हुन सक्ने सम्भावना छैन । किन भने हामीले यहाँ यस्तो किसिमको व्यवस्था मिलाएका छौं जहाँ सम्बन्धीत व्यापारीहरुले आफूले ल्याउने सामान र पठाउने सामान घोषणा गर्छ र त्यो घोषणा गरेको सामानको परिणाम, मूल्य सबै घोषण गरेर स्वयेम निस्काशन प्रणाली अन्तर्गत अथवा अटोमेशनको आधारमा स्वयेम घोषणा गर्ने प्रणाली छ जुन प्रणालीको अनुसार व्यापारीले पेश गर्छन र त्यसलाई चेकजाँच गरेर मात्रै हामीले पठाउने गरेको हुनाले शंका गर्ने कुनै ठाउँ छैन । हुन सक्ला कहिलकाही मान्छेले गलत काम गरेर आफ्नो निजी स्वार्थ पुरा गर्ने प्रयास गर्न सक्ला । तर यहाँ त्यसतो हुन्छ भने भन्न सक्ने अवस्था छैन । सुख्खा बन्दरगाहमा त्यस्तो आधार र कुनै घट्ना पनि घट्ेको अहिले पाईएको छैन ।

५) केही हप्ता पहिला आईसीपीबाट धान बोकेको जाँचपास भएको एक ट्रकमा १ करोड भन्दा बढिको अबैध कपडा बरामद भएको थियो । ड्राईपोर्टबाट हुने कारोबारमा त्यस्तो घट्ना सार्वजनिक मात्रै नभएको तर कर्मचारी र ठेकेदारको मिलेमतोमा यहाँबाट पनि त्यस्तो कारोबार हुने गरेको आम चर्चा छ ?

त्यसतो प्रमाण पाएको खण्डमा हामीले कर्मचारीलाई कारबाही गर्छाै । यहाँका कुनै पनि कर्मचारी त्यसतो कार्यमा लागेको हुँदैनन् । यहाँबाट ठुलो स्केलको तेस्रो मुलुकमा गर्ने अन्तर्राष्ट्रिय व्यापार हुने भएकोले छिटपुट, सानो तिनो खालको व्यापार गर्ने सम्भावना छैन । यहाँको प्रणालीले नै त्यो कुरालाई रोकेको छ ।
त्यसकारण ठेकेदार र कर्मचारी मिल्दैमा सबै काम गर्न सकिन्छ भने सम्भावना छैन् । यहाँको भन्सार प्रणाली, निकासी पैठारीको जस्तो खालको संयन्त्र छ त्यसले त्यसतो खालको कामलाई निरुत्साहन, दुरुत्साह गर्दछ । साना भन्सार अथवा मेनुअल रुपमा गर्ने अरु साना मुख्यम कसटममा त्यसतो खालको समस्या हुन सक्ला । त्यो भनेको व्यापार गर्ने मान्छेतर्फको कमजोरी हो भन्सार प्रणालीको कारणले हैन मलाई लाग्छ । तद्यापी यहाँ त्यसतो गलत कारोबार भएको देखियो भने दोषी कर्मचारी वा जोसुकैलाई कारबाही गर्छौ ।

६) तपाई यहाँ आएको बेला केही समस्या वा वेतिथि थियो कि थिएन ?

म कात्तिक महिनामा आएको हो । यहाँको समस्या बुझेर बिग्रेको ठाउँमा सुधार गर्दैछौ । जस्तै कार्यालय व्यवस्थापनको ठाउँ थिएन । अर्काे कर्मचारीहरुको आवासको व्यवस्थापनको काम गर्दैछौ । यहाँभित्रको विभाग क्षेत्रमा करार भएको हुन्छ कि यो महिनामा यो विभागले यति राजश्व उठाउने । त्यही एग्रिमेनट अनुसार प्रत्येक पानाको लाईन लाईन हेरेर कामहरु गरिरहेका छौं । तसर्थः हाम्रो बुद्धि विवेकले भ्याएसम्म र हामीले समय र साथ दिएसम्म यो कार्यालयलाई राम्रो कसरी बनाउने ? यो कार्यालयमा एकदमै ठुलो स्केलमा व्यापार बढि सक्यो तर ठाउँ छैन । त्यसको लागि नयाँ घर बनाईदिन अनुरोध गर्ने गरेका छौ । वास्तवमा हामीलाई यो कार्यालयको कसरी प्रगति होस् भन्ने चिन्ता लागेको छ । यो कार्यालयमा भएको विकृति विसंगतिलाई नियन्त्रण गरी गलत काम गर्ने मान्छेलाई कारबाही गरि तह लगाउने एजेण्डा अनुसार हामी कार्य गर्दैछौ ।

७) ड्राईपोर्टबाट व्यापारी र कर्मचारीको मिलेमतोमा अबैध कारोबार हुन्छ भन्ने सुनिन्छ नि ?

हामी स्वयेम घोषणा गर्ने प्रणाली । हामीले स्वयेम घोषणा गरेर उनीहरुले घोषणा गरेको आधारमा हामीले जाँचपास गरेको प्रणालीअन्तर्गत प्रणालीमा रहेको कुनै गल्तीको कारणले केही व्यापारीहरुले बदमासी गर्न सक्छन् तर सबै व्यापारी त्यस्तै नै गर्छन भनेको होईन । एक÷दुईटा कुनै व्यापारी हुन सक्छन जसको कारणले सबैको बदनामी हुन्छ । त्यस्तो हाकलजुकल हुन सक्ला । तर यहाँ ट्रेनबाट हुने कारोबार हुन्छ ।
ठुल–ठुला कन्टेनरहरुलाई लोड गरेर तिनीहरु सिलबन्द गरेर यहाँ आउने गर्दछ । त्यसकारण तपाईले भनेको जस्तो हुने ठाउँ छैन । अब भोली कसलाई के हुन्छ भने कुनै ठेकान छैन । यद्यापी सुख्खा बन्दरगाहबाट भईरहेको कुनै पनि गलत कार्य वा बदमासी बारे यदि कसैलाई जानकारी छ भने हामीलाई जानकारी र सजग गराईदिनु भयो भने हामी वहाँहरुप्रति कृतज्ञ हुन्छौ । राज्यको कुनै पनि निकायमा कुनै किसिमको बदमासी हुँदैछ भने त्यसको बारेमा जानकारी गराई गलत कार्यलाई निरुत्साहन गर्नमा मदत गर्नुपर्छ ।

८) यहाँ आएदेखी पाएको लक्ष्य अनुसार कतिको राजश्व उठेको छ ?

साउनदेखी नै लक्ष्य अनुसारको राजश्व संकलन हुँदै आएको छ । असार मसान्तसम्म पुग्दा यो वर्ष संकलन हुने राजश्व देखिन्छ ।

९) तेस्रो मुलुकबाट खास गरी के को आयात बढि भईरहेको छ ?

सबै भन्दा बिढ केराउको आयात भएको छ । त्यसपछि मकै, फलाम, गाडी, तयारी पोशाक बढि आयात भएको छ । नेपालमा यसको मांग बढि भएकोले यी सामानहरुको आयात बढेको हो ।

१०) सुख्खा बन्दरगाह (ड्रकाईपोर्ट) भित्रको दुईटा ट्रेनको लिंक प्रयोग बिहिन छ, त्यो कहिले प्रयोगमा आउँला ?

यो ईन्टरमोडेल यातायात विकास समितिको कार्य क्षेत्र अधिकार भित्र पर्ने भएको हुनाले कहिलेसम्म मर्मत सम्भार गरी बनाईसक्ने भने कुरा वहाँहरुलाई नै थाहा होला । यो भन्दा अगाडी वहाँहरु धेरै पटक आएर २÷३ वटा डेलिकेशन हेरेर यहाँको समस्याबारे जानकारी लिनु भएको छ । यसलाई बनाउन आगामी आर्थिक वर्षमा वहाँहरुले केही बजेट छुट्याएर चाँडै नै काम पुरा गर्नुुहुन्छ जस्तो मलाई लाग्छ ।

११) प्रयोग बिहिन ट्रेनको लिकका काराण व्यापारमा कस्तो समस्या हुने गरेको छ ?

धेरै ट्रेनहरु आएको बेला मालसमान भित्रयाउन समस्या हुन्छ । सबै रेल्वे लिंकहरु अपरेशन भएको भए यो भन्दा बढि व्यापार हून्थ्यो र बढि व्यापार भएपछि राजश्व पनि बढि नै उठ्थ्यो होला । रेल्वे लाईन छिटोभन्दा छिटो संचालनमा आउनु प¥यो भने हामीले सम्बन्धीत निकायलाई आग्रह पनि गरेका छौं । कसटम सम्बन्धी जति पनि पूर्वाधार छन् यी सबै पूर्वाधारहरु बाणिज्य मन्त्रालय अन्तर्गत ईन्टरमोडेल यातायात विकास समितिको कार्य क्षेत्र भित्र पर्छ । आगामी आर्थिक वर्षमा यो समस्या सामाधान हुन्छ भने वहाँहरुप्रति हाम्रो विश्वास छ ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...