Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

जितपुरमा शार्वजनिक शाैचालय निर्माण हुने

spot_img
spot_img

रोशन गुप्ता /
जितपुर । जीतपुरसिमरा उपमहानगरपालिकामा सार्वजनिक शाैचालय निमार्ण हुने भएकाे छ । जनप्रतिनिधि निर्वाचित भएकाे ४ बर्ष हुन लागेपनि व्यपारीक नगरी जीतपुर शौचालय विहिन रहेको थियो ।

आम जनताहरुले शाैचालय निर्माणकाे लागि पटक पटक पहल गर्दा पनि सम्बन्धीत निकायकाे ध्यान पुग्न सकेकाे थिएन । केही समय पहिला कालिका टाईम्सले शाैलालय सम्बन्धमा समाचार समेत प्रकाशन गरेकाे थियाे ।

पथलैया–वीरगंज ६ लेन सडक विस्तारको क्रममा जितपुरको शौचालय भतकाइएको थियो । करिब ३ वर्षदेखि जितपुर शौचालय विहीन रहेको थियो । जीतपुरमा सार्वजनिक शौचालय निर्माण गर्नका लागि सबै जनप्रतिनिधि तयार भए पनि त्यसका लागि उपयुक्त ठाउँ नपाएको कारणले निर्माण हुन सकेको थिएन ।

वर्षाैदेखि जितपुरमा कराते खेल खेलाइने ठाउँ शौचालयको लागि उपयुक्तहुने देखिएको भएपनि करातेका सम्बन्धीत निकायसंग छलफल नहुँदा शौचालयको कार्य अगाडी बढन सकेकाे थिएन । शौचालयको लागि हाल कराते डोजोसँग सहकार्यमा शौचालय तथा डोजोलाई व्यवस्थित बनाई डोजोको केही भाग प्रयोग गरि शौचालय निमार्ण गर्ने सहमति भएको छ ।

शौचालय तथा कवाडको निमार्ण वडा स्तरिय बजेटबाट हुने भएकाे छ । शाैचालय निर्माणकाे लागि रु १० लाख ५३ हजार २ सय बजेट छुट्याइएकाे जनकारी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं‍. ७ का वडाध्यक्ष रामबाबु प्रसाद कलवारले दिए ।

यता डोजोमा कराते खेल खेलाउने सह–प्रशिक्षक मनोज कुमार साहले जीतपुरको विकाको लागि सदेव तयार रहेको र सार्वजनिक शौचालयको लागि साथ साथै डोजोलाई पनि व्यवस्थित गर्दै जानु पर्ने वताए ।

सार्वजनिक शौचालय निमार्ण समितिका अध्यक्ष प्रकास गिरीका अनुसार ३ वर्षदेखि शौचालयकाे खाचो भएको कारणले गर्दा जीतपुरका व्यपारी, स्थानिय तथा बाहिरबाट आएका व्यपारीहरु धेरै सास्ति हुँदै आएको थियो । आम जनताहरुको समस्यालाई ख्याल गर्दै शौचालय छिटै निमार्ण हुने बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...