Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जितपुरमा शार्वजनिक शाैचालय निर्माण हुने

spot_img
spot_img

रोशन गुप्ता /
जितपुर । जीतपुरसिमरा उपमहानगरपालिकामा सार्वजनिक शाैचालय निमार्ण हुने भएकाे छ । जनप्रतिनिधि निर्वाचित भएकाे ४ बर्ष हुन लागेपनि व्यपारीक नगरी जीतपुर शौचालय विहिन रहेको थियो ।

आम जनताहरुले शाैचालय निर्माणकाे लागि पटक पटक पहल गर्दा पनि सम्बन्धीत निकायकाे ध्यान पुग्न सकेकाे थिएन । केही समय पहिला कालिका टाईम्सले शाैलालय सम्बन्धमा समाचार समेत प्रकाशन गरेकाे थियाे ।

पथलैया–वीरगंज ६ लेन सडक विस्तारको क्रममा जितपुरको शौचालय भतकाइएको थियो । करिब ३ वर्षदेखि जितपुर शौचालय विहीन रहेको थियो । जीतपुरमा सार्वजनिक शौचालय निर्माण गर्नका लागि सबै जनप्रतिनिधि तयार भए पनि त्यसका लागि उपयुक्त ठाउँ नपाएको कारणले निर्माण हुन सकेको थिएन ।

वर्षाैदेखि जितपुरमा कराते खेल खेलाइने ठाउँ शौचालयको लागि उपयुक्तहुने देखिएको भएपनि करातेका सम्बन्धीत निकायसंग छलफल नहुँदा शौचालयको कार्य अगाडी बढन सकेकाे थिएन । शौचालयको लागि हाल कराते डोजोसँग सहकार्यमा शौचालय तथा डोजोलाई व्यवस्थित बनाई डोजोको केही भाग प्रयोग गरि शौचालय निमार्ण गर्ने सहमति भएको छ ।

शौचालय तथा कवाडको निमार्ण वडा स्तरिय बजेटबाट हुने भएकाे छ । शाैचालय निर्माणकाे लागि रु १० लाख ५३ हजार २ सय बजेट छुट्याइएकाे जनकारी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं‍. ७ का वडाध्यक्ष रामबाबु प्रसाद कलवारले दिए ।

यता डोजोमा कराते खेल खेलाउने सह–प्रशिक्षक मनोज कुमार साहले जीतपुरको विकाको लागि सदेव तयार रहेको र सार्वजनिक शौचालयको लागि साथ साथै डोजोलाई पनि व्यवस्थित गर्दै जानु पर्ने वताए ।

सार्वजनिक शौचालय निमार्ण समितिका अध्यक्ष प्रकास गिरीका अनुसार ३ वर्षदेखि शौचालयकाे खाचो भएको कारणले गर्दा जीतपुरका व्यपारी, स्थानिय तथा बाहिरबाट आएका व्यपारीहरु धेरै सास्ति हुँदै आएको थियो । आम जनताहरुको समस्यालाई ख्याल गर्दै शौचालय छिटै निमार्ण हुने बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...