Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

पांच धुर जग्गाको लालपूर्जामा कीर्ते गरी एक कठ्ठा ५ धुर बनाएर विक्री

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१६ इनर्वास्थित ५ धुर जग्गाको लालपूर्जालाई कीर्ते गरेर १ कठ्ठा ५ धुर जग्गा बनाई विक्री गरेको रहस्य खुलेको छ । वीरगंज महानगरपालिका–१० अशोकबाटिका निवासी विश्वनाथ ठाकुर लोहारका छोरा राजेश कुमार विश्वकर्माले किनेको साविक छपकैया–६ (बी), कित्ता नम्बर ६५८ को ५ धुर जग्गाको लालपूर्जामा कीर्ते गरी शून्यलाई तल धर्का तानी एक बनाएर त्यही जग्गाको १ कठ्ठा ५ धुर बनाई वीरगंज महानगरपालिका–१८ भवानीपुर निवासी मदन प्रसाद कलवारसँग विक्री गरेको तथ्य फेला परेको हो ।

साबिक बारा जिल्लाको बुनियाद गाविस–९ निवासी योगेन्द्र प्रसाद यादवको श्रीमती फुलमति देवीसँग २०५६ साल वैशाख ६ गते विश्वकर्माले किनेको उक्त ५ धुर जग्गालाई १ कठ्ठा ५ धुर बनाई जिल्ला मालपोत कार्यालय पर्सामा २०६१ साल चैत १९ गते वीरगंज महानगरपालिका–१८ निवासी रामअयोध्या साह कलवारका छोरा मदन प्रसाद कलवारसँग विक्री गरि उनको नाममा श्रेस्ता कायम गराएका छन् ।

त्यस पश्चात मदन प्रसाद कलवारले सो जग्गा विक्री वितरण गर्नका लागि श्रेस्ता कायम गर्दा साविकको जग्गा भिडाउन भनि मालपोत कार्यालय पर्साले लेखेपछि उक्त घटना बाहिर आएको हो । विश्वकर्माले उक्त कित्ताको जग्गा आफ्नो नाममा कायम गराउँदा ५ धुर नै रहेको तर विक्री गर्दा १ कठ्ठा ५ धुर जग्गा बनाएर विक्री गरेका छन् ।

त्यसअघि विश्वकर्माले फुलमति देवीसँग किन्दा पनि लालपूर्जामा ५ धुर नै जग्गा देखिएको छ । त्यस्तै, फुलमति देवीले पनि वीरगंज महानगरपालिका–१६ इनर्वा निवासी दंगल राउत अहिरको छोरा बलराम प्रसाद यादवसँग २०५५ जेठ २७ गते किन्दा लालपूर्जामा ५ धुर नै जग्गा देखिएको छ । तर विश्वकर्माले बढी पैसा कमाउने लोभमा सजिलो तरिकाबाट बीचको शून्यलाई धर्का तानेर एक बनाई १ कठ्ठा ५ धुर जग्गा बनाएर कलवारसँग विक्री गरेका हुन् । विश्वकर्माले आफ्नो लालपूर्जामा मात्रै नभई मालपोत कार्यालयका कर्मचारीहरुको मिलोमतामो श्रेस्तामा पनि कीर्ते गरेका छन् ।

सम्पूर्ण जग्गाको रेकर्ड सुरक्षित राख्ने मालपोत कार्यालयको श्रेस्तामा पनि शून्यलाई कीर्ते गरेर एक बनाइएको प्रष्ट देख्न सकिन्छ । यस कार्यमा विश्वकर्मा एक्लै मात्रै नभई तत्कालीन केही कर्मचारीहरुको मिलोमतोमा श्रेस्तामाथि नै कीर्ते गरिएकोले मालपोत कार्यालयको कार्यशैली शंकाको घेरामा परेको छ । त्यसोत, बेला बखत मालपोत कार्यालयमा विभिन्न कीर्ते कामहरु हुने गरेको घटना सार्वजनिक नै हुने गरेको छ ।

मदन प्रसाद कलवारको नाममा उक्त जग्गा कायम हुँदा बखत राजिनामा कागज बनाउँदा बारा जिल्ला विश्रामपुर निवासी रामेश्वर प्रसाद र पर्सा जिल्ला वीरगंज महानगरपालिका निवासी पिताम्बर प्रसाद साक्षीमा हस्ताक्षर गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...