Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

पांच धुर जग्गाको लालपूर्जामा कीर्ते गरी एक कठ्ठा ५ धुर बनाएर विक्री

वीरगंज । वीरगंज महानगरपालिका–१६ इनर्वास्थित ५ धुर जग्गाको लालपूर्जालाई कीर्ते गरेर १ कठ्ठा ५ धुर जग्गा बनाई विक्री गरेको रहस्य खुलेको छ । वीरगंज महानगरपालिका–१० अशोकबाटिका निवासी विश्वनाथ ठाकुर लोहारका छोरा राजेश कुमार विश्वकर्माले किनेको साविक छपकैया–६ (बी), कित्ता नम्बर ६५८ को ५ धुर जग्गाको लालपूर्जामा कीर्ते गरी शून्यलाई तल धर्का तानी एक बनाएर त्यही जग्गाको १ कठ्ठा ५ धुर बनाई वीरगंज महानगरपालिका–१८ भवानीपुर निवासी मदन प्रसाद कलवारसँग विक्री गरेको तथ्य फेला परेको हो ।

- Advertisement -

साबिक बारा जिल्लाको बुनियाद गाविस–९ निवासी योगेन्द्र प्रसाद यादवको श्रीमती फुलमति देवीसँग २०५६ साल वैशाख ६ गते विश्वकर्माले किनेको उक्त ५ धुर जग्गालाई १ कठ्ठा ५ धुर बनाई जिल्ला मालपोत कार्यालय पर्सामा २०६१ साल चैत १९ गते वीरगंज महानगरपालिका–१८ निवासी रामअयोध्या साह कलवारका छोरा मदन प्रसाद कलवारसँग विक्री गरि उनको नाममा श्रेस्ता कायम गराएका छन् ।

त्यस पश्चात मदन प्रसाद कलवारले सो जग्गा विक्री वितरण गर्नका लागि श्रेस्ता कायम गर्दा साविकको जग्गा भिडाउन भनि मालपोत कार्यालय पर्साले लेखेपछि उक्त घटना बाहिर आएको हो । विश्वकर्माले उक्त कित्ताको जग्गा आफ्नो नाममा कायम गराउँदा ५ धुर नै रहेको तर विक्री गर्दा १ कठ्ठा ५ धुर जग्गा बनाएर विक्री गरेका छन् ।

त्यसअघि विश्वकर्माले फुलमति देवीसँग किन्दा पनि लालपूर्जामा ५ धुर नै जग्गा देखिएको छ । त्यस्तै, फुलमति देवीले पनि वीरगंज महानगरपालिका–१६ इनर्वा निवासी दंगल राउत अहिरको छोरा बलराम प्रसाद यादवसँग २०५५ जेठ २७ गते किन्दा लालपूर्जामा ५ धुर नै जग्गा देखिएको छ । तर विश्वकर्माले बढी पैसा कमाउने लोभमा सजिलो तरिकाबाट बीचको शून्यलाई धर्का तानेर एक बनाई १ कठ्ठा ५ धुर जग्गा बनाएर कलवारसँग विक्री गरेका हुन् । विश्वकर्माले आफ्नो लालपूर्जामा मात्रै नभई मालपोत कार्यालयका कर्मचारीहरुको मिलोमतामो श्रेस्तामा पनि कीर्ते गरेका छन् ।

सम्पूर्ण जग्गाको रेकर्ड सुरक्षित राख्ने मालपोत कार्यालयको श्रेस्तामा पनि शून्यलाई कीर्ते गरेर एक बनाइएको प्रष्ट देख्न सकिन्छ । यस कार्यमा विश्वकर्मा एक्लै मात्रै नभई तत्कालीन केही कर्मचारीहरुको मिलोमतोमा श्रेस्तामाथि नै कीर्ते गरिएकोले मालपोत कार्यालयको कार्यशैली शंकाको घेरामा परेको छ । त्यसोत, बेला बखत मालपोत कार्यालयमा विभिन्न कीर्ते कामहरु हुने गरेको घटना सार्वजनिक नै हुने गरेको छ ।

मदन प्रसाद कलवारको नाममा उक्त जग्गा कायम हुँदा बखत राजिनामा कागज बनाउँदा बारा जिल्ला विश्रामपुर निवासी रामेश्वर प्रसाद र पर्सा जिल्ला वीरगंज महानगरपालिका निवासी पिताम्बर प्रसाद साक्षीमा हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...