Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

राष्ट्रिय बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

spot_img
spot_img

जिराभवानी । डिभिजन वन कार्यालय पर्सा र पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र अनतर्गत रहेको राष्ट्रिय बन तथा सामुदायिक बन क्षेत्रमा बिगतं १ हप्तादेखि लागेको डढेलो तथा आगलागी अझै सम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

साथै, आगो नियन्त्रणकाे लागि सम्बन्धित निकायले खासै पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छ्न् ।

जिल्लाको सब डिभिजन बन कार्यालय वसन्तपुर, सब डिभिजन बन कार्यालय रङ्पुर, सब डिभिजन कार्यालय बढ्नियार, राष्ट्रिय बन, पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्ट चारभैया पोस्ट, गडुवा लाइन पोस्ट, निर्मल बस्ती पोस्ट, पन्चमुखी सामुदायिक बन र सुनाखरी उपभोक्ता समिती अन्तर्गत रहेको बन क्षेत्रमा बिगत १ हप्तादेखि आगाे लागेकाे छ ।

आगलागीका कारण करोडौं मुल्य बराबरका काठ्हरु तथा बोट्बिरुवा जलेर नस्ट भएको स्थानीय वासिन्दाले बताएका छ्न् ।

आगलागीबाट निस्केको धुवाँले बिशेष गरि जङ्गल संग सिमाना जोडिएका साबिकका गाबिसहरु निर्मल बस्ती, सुवर्णपुर, महादेव पटि, सेढ्वा, सङ्कर सरैया, गादी, सेनबर्सा, बिरुवा गुठी लगायतका दर्जनौं साबिक गाबिसहरुका स्थानीय हरुमा अँखा चिलाउने, आखा रातो हुने बिहानको समयमा धुवाँले अध्यारो हुने जस्ता समस्या देखिएको स्थानियहरुले वताएका छ्न् ।

तर डिभिजन वन कार्यालय पर्साका प्रबक्ता एवम् सहायक बन अधकृत बसिष्ट नरायण कुर्मीले आगो नियन्त्रणको लागि आफुहरुले थाहा पाएको स्थानमा तुरुन्तै पुगि नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाली सेना र बन रक्षकको टोलि परिचालन गरिएको र बाकी स्थानको पनि आगो नियन्त्रणको लागि जिल्लाले निर्देशन दिइसकेको बताए ।

आगो नियन्त्रणमा एक्लो बन कर्मचारी र प्रहरीले मात्रै नभई स्थानीयको पनि सहयोग चाहिएको बताए ।

यसैबीच सुनाखरी उपभोक्ता समिती र पन्चनुखी सामुदायिक बनमा लागेको आगलागी निभाउन स्थानीय उपभोक्ताहरु विभिन्न समितिका सदस्यहरु र नेपाली सेनाको सहयोगमा आगो निभाउन प्रयास भैरहेको र कतिपय ठाउँमा नियन्त्रणमा पनि आइसकेको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवि प्रसाद दहालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...