Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पर्साकाे ग्रामिण नाकाबाट राङ्गा, भैसीको ब्यापक तस्करी

spot_img
spot_img

जिराभवानी ।  पर्साको सुबर्णपुर मालीबस्ती गोपिबस्तीको नाकाबाट सशस्त्र प्रहरी कै मिलोमतोमा ब्यापक मात्रमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।

पर्साको सदरमुकामबाट प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी तस्करहरुले सशस्त्र प्रहरीको सहयोगमा पर्साको बिभिन्न ग्रामीण नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले बताएकाछन । तस्करहरुले अहिले पर्साको ग्रामीण नाका भिस्वा, बुड्गाई, अस्वारी, जान्किटोला, दसावता, पान्डेपुर, पिडाडीगुठी, महादेवपट्टि, सुबर्णपुर, मालीबस्ती, गोपिबस्ती, बिजयबस्ती, ठोरी लगायतमा रहेको सशस्त्र प्रहरीको बिओपी प्रमुखलाई नजराना बुझाई दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ताकपडा, हाडयेवर नेपाल भित्रयाउने गरेका छन् ।

त्यसैगरी नेपालबाट सो नाका हुदै केराउ, छोकडा, मरिच लगयातका सामानहरु तस्करहरुले भारत पठाउने गरेको स्थानियहरुले बताएका छन् । पर्सा जिल्लाको ग्रामीण क्षेत्रको सिमानाकामा रहेको बिओपिहरुको सहयोगमा नेपालमा प्रत्येक दिन पचास देखी एक सय गोटा रांगा, भैसी तस्करहरुले भित्रयाउने गरेको नाम नछाप्ने शर्तमा एक ब्यापारीले बताए ।

पर्साका विभिन्न बिओपिका सशस्त्र प्रहरी निरीक्षकहरुले प्रति भैंसी र प्रती रांगाको ४ सय रुपैया लिएर अबैध रुपमा नेपाल भित्रयाउने छुट दिएको ब्यापारी स्रोतले जनाएकाे छ । तर ग्रामीण नाकाको सशस्त्र प्रहरीको मिलोमतोमा छाडेको राङ्ग भैंसी नेपाल प्रहरीका ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले दिन्हु जस्तो अबैध भैसी र रांगा पक्राउ गरि नियन्त्रणमा लिएर लिलामी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्राप्त समाचार अनुसार ग्रामीण नाकावाट राती प्रत्येक गोटा भैसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै आएका छन् भने सो नाकामा रहेको सशस्त्र प्रहरीको बिओपीलाई प्रती भैसी ४ सय रुपैयाको दरले तस्करहरुले दिदै आएको एक स्थानियले नाम नछाप्ने शर्तमा बताए ।

अहिले पर्साको मालिबस्ती र गोपिबस्तिको नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्रयाउने गरेपनी बिओपिका सशस्त्र प्रहरी निरीक्षकहरु तस्करहरुसंग नजरना बुझेर आखामा पट्टी बाधेर चुप लागेर बसेका छन् ।

पर्सा जिल्लाकाे सुबर्णपुर, मालिबस्ती, गोपिबस्ती, बिजयबस्ती नाकाहरुबाट सशस्त्र प्रहरीको सहयोगमा ब्यापक रूपमा दैनिक अबैध भन्सार छलेर भित्रयाउने गरेका भैंसीहरु पर्साको राष्ट्रिय निकुञ्ज हुदै बाराको परवानीपुर र जितपुर सम्म पुरयाउने गरेका छन् ।

नजरानाको फाईदा उठाउदै तस्करहरुले पर्साको ग्रामीण क्षेत्रमा रहेको सशस्त्र प्रहरीहरुको विओपी प्रमुखहरुलाई लाखौं रुपैया महिनावारी दिएर ठूलो मात्रामा तस्करी संचालनमा आएको जानकारहरु बताउँछ्न । 

पर्साको ग्रामीण नाकाहरुबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ । तस्करहरुले दिन रात ग्रामीण नाकाबाट दैनिक रुपमा सुर्ती, राजनिवास, भैंसी, रजनीगंधा, लत्ताकपडा हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन् ।

पर्सा प्रहरीले जिल्लामा अबैध रुपमा भित्रिने गरेको तस्करीमा कडाई गरेपछि अहिले पर्साका नामुदत तस्करहरु पर्साको ग्रामिण नाकामा रहेको सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ ।

पर्साको ग्रामिण सिमानाकाको चोरबाटाे प्रयोग गरी रातभरी भैंसीको तस्करी भइरहेपनी सो नाकामा रहेको सशस्त्र प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

भारतका नामुद तस्कर महादेव यादव पर्साको सुबर्णपुर, गोपिबस्ती, मालीबस्ती, बिजयबस्तीको ओरीया खोलाको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक १ सय ५० देखी २ सय सम्म भैंसी रातीको १२ बजे देखि बिहान ४ बजे सम्म तस्करहरुले पुर्याउने गरेको छन्  भने त्यसतै कपडा, हाडयेवर जितपुर, सिमरा सम्म पुर्याउने गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...