Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

उपमेयरद्वारा सुलभ शौचालयको शिलान्यास

spot_img
spot_img

रोशन गुप्ता /
जितपुर । मुगुकाे छायाँनाथ नगरपालिका–१ स्थित महाकाली नमुना विधालय श्रीनगरमा सुलभ शौचालयकाे शिलान्यास गरिएकाे छ । बिहिबार एक कार्यक्रमकाे बिच उप मेयर सुन्तला राेकायाले शाैचालयकाे शिलान्यास गरेकी थिइन ।

शाैचालय अभावको कारण बालबाललिकाहरुलाई अत्यधिक सम्सया भएको कारणले गर्दा १० वटा युरिनल च्याम्बर तथा ८ वटा शुल्भ शौचालयको शिलान्यास गरिएको उपमेयर रोकायाले बताइन ।

युनिसेफ नेपालको आर्थिक सहयोग र छायाँ नेपालको सहयोगमा १९ लाख ३५ हजार ७ सय ५६ काे लागतमा शाैचालय निर्माण गर्न लागिएकाे उनले जानकारी दिइन । 

यसका साथै नगरपालिका भित्र रहेका २५ वटा विधालयमा खानेपानी, सरसफाई तथा स्वच्छता प्रवर्द्धनकाे लागि शौचालय निमार्ण गर्ने योजनाको सम्झौता भइसकेको र त्यस कार्यलाई कार्यान्वयन भइरहेको संस्थाका परियोजना संयोजक मिनबहादुर रावलले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...