Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

१४ वर्षीय बालकको हत्या, शव कुहीएको अवस्थामा फेला

spot_img
spot_img

प्रणय साह/राेशन गुप्ता  
जितपुर, २८ फागुन
बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १० भुलही टाेल निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेनकाे शव कुहिएको अबस्थामा फेला परेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० बगैचातर्फकाे धानको भुसको खरानीमा पुरिएको अवस्थामा शव फेला परेकाे बारा प्रहरीले जनाएकाे । शुक्रबार बिहान साढे ८ बजे शव स्थानिय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

साहिद विगत १७ दिनदेखि बेपत्ता भएका थिए । उनको अपहरणपछि हत्या गरी फालिएको हुन सक्ने परिवारजनले आशंका गरेका छ न् । बाराको परवानीपुरस्थित ज्ञान सागर बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत साहिदले रातो टिर्सट, ब्लु पैन्ट र रातोरपहेलो रंगको प्लास्टिकको चप्पल लगाएका थिए । उनको पहिचान उनको कपडाबाट भएको साहिदका काका ताहिर हुसैन मियाँ मन्सुरीले बताए ।

गत फागुन ११ गते राति ११ बजे गाउँमा आएको जन्ती हेर्न जाँदा उनी सम्पर्कविहिन बनेका थिए । परिवारजनका अनुसार पारिवारिक रिसइबीको कारण बालकको हत्या गरेर गाडिएको हुन सक्छ । परिवारजनले दोषी पत्ता लगाई आवश्यक कारबाहीको लागि माग गरेका छन् । सो घटनाको थप अनुसन्धान गर्न प्रहरीले प्रादेशिक प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकुर झिकाएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गाैतम मिश्रले कपडाको आधारमा बालकको परिवारले शवको पहिचान भएको र थप अनुसन्धान शुरु गरिएको उनले बताए ।

 उनले भने “एउटा खुट्टा पुरिएको र एउटा खुट्टा बाहिर भएको शव सडेको अवस्थामा थियो । तालिमप्राप्त कुकुरले दिशा पत्ता लगाउन सकेन ।” ’ लासको प्रकृति हे¥यौं, घटनास्थल जाँच मुचुल्का तयार गरेर गाउँघरमा बुझ्दैछौं ।’ पोष्ट मार्टम रिपोर्ट आएपछि थप कुरा खुल्न सक्ने उनको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...