Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

१४ वर्षीय बालकको हत्या, शव कुहीएको अवस्थामा फेला

spot_img
spot_img

प्रणय साह/राेशन गुप्ता  
जितपुर, २८ फागुन
बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १० भुलही टाेल निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेनकाे शव कुहिएको अबस्थामा फेला परेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० बगैचातर्फकाे धानको भुसको खरानीमा पुरिएको अवस्थामा शव फेला परेकाे बारा प्रहरीले जनाएकाे । शुक्रबार बिहान साढे ८ बजे शव स्थानिय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

साहिद विगत १७ दिनदेखि बेपत्ता भएका थिए । उनको अपहरणपछि हत्या गरी फालिएको हुन सक्ने परिवारजनले आशंका गरेका छ न् । बाराको परवानीपुरस्थित ज्ञान सागर बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत साहिदले रातो टिर्सट, ब्लु पैन्ट र रातोरपहेलो रंगको प्लास्टिकको चप्पल लगाएका थिए । उनको पहिचान उनको कपडाबाट भएको साहिदका काका ताहिर हुसैन मियाँ मन्सुरीले बताए ।

गत फागुन ११ गते राति ११ बजे गाउँमा आएको जन्ती हेर्न जाँदा उनी सम्पर्कविहिन बनेका थिए । परिवारजनका अनुसार पारिवारिक रिसइबीको कारण बालकको हत्या गरेर गाडिएको हुन सक्छ । परिवारजनले दोषी पत्ता लगाई आवश्यक कारबाहीको लागि माग गरेका छन् । सो घटनाको थप अनुसन्धान गर्न प्रहरीले प्रादेशिक प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकुर झिकाएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गाैतम मिश्रले कपडाको आधारमा बालकको परिवारले शवको पहिचान भएको र थप अनुसन्धान शुरु गरिएको उनले बताए ।

 उनले भने “एउटा खुट्टा पुरिएको र एउटा खुट्टा बाहिर भएको शव सडेको अवस्थामा थियो । तालिमप्राप्त कुकुरले दिशा पत्ता लगाउन सकेन ।” ’ लासको प्रकृति हे¥यौं, घटनास्थल जाँच मुचुल्का तयार गरेर गाउँघरमा बुझ्दैछौं ।’ पोष्ट मार्टम रिपोर्ट आएपछि थप कुरा खुल्न सक्ने उनको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...